देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा नयाँ विकल्पका रूपमा उदाएको 'घण्टी' चुनाव चिह्नले सानदार अग्रता कायम गरेको छ। हालसम्म गणना भएको कुल १ हजार ३ सय ३२ मतको नतिजाअनुसार घण्टी चुनाव चिह्न भएका उम्मेदवार सुनिल लम्सालले कुल खसेको मतको आधाभन्दा बढी हिस्सा ओगट्दै अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन्।
प्राप्त पछिल्लो मतपरिणामअनुसार उम्मेदवार लम्सालले सर्वाधिक ६ सय ६८ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई फराकिलो बनाएका हुन्। उनलाई पछ्याइरहेको 'हलो' चुनाव चिह्नले १ सय २१ मत प्राप्त गरेको छ। सुरुवाती रुझानमा देखिएको यो मतअन्तरले यस क्षेत्रमा घण्टीप्रतिको आकर्षण स्पष्ट पारेको छ।
यता, देशका प्रमुख र परम्परागत ठूला राजनीतिक दलहरू भने प्रारम्भिक गणनामा निकै कमजोर देखिएका छन्। नेपाली कांग्रेसको चुनाव चिह्न 'रूख'ले जम्मा १ सय ५ मत प्राप्त गरेको छ भने नेकपा एमालेको 'सूर्य' चिह्नले १ सय ३ मत मात्र पाएको छ। त्यसैगरी, अन्य प्रतिस्पर्धीहरूमध्ये 'तारा' चुनाव चिह्नले १ सय १ र 'छाता' चुनाव चिह्नले ७१ मत प्राप्त गरेका छन्।
अहिलेसम्मको मतगणनाको रुझानलाई विश्लेषण गर्दा रुपन्देही-१ का मतदाताले पुराना दलहरूलाई भन्दा नयाँ विकल्पलाई अत्यधिक रुचाएको प्रष्ट हुन्छ। यो सुरुवाती नतिजाले ठूला दलहरूलाई गम्भीर धक्का दिएको छ। हाल मतगणना कार्य निरन्तर जारी रहेकाले आगामी नतिजा कस्तो आउनेछ भन्नेमा सर्वत्र चासो र उत्सुकता बढेको छ।
Jay ghanti 🔔🔔🔔
Ra sa pa ko जीत निश्चित छ
Es pali pariwartan ko lahar
Jay ghanti💗
Of course ghanti will win
Of course ghanti will win