मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने

Ujyalosandeshonline 11011+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रममा बोल्दै उनले विपद्मा स्थानीय सरकार सक्रिय हुनुपर्ने भन्दै त्यसको लागि ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा रहेको बताएका हुन् । 

उनले भने,‘कुनैपनि विपद् आउँदा सबैभन्दा पहिला स्थानीय सरकार सक्रिय हुनुपर्ने अवस्था छ । त्यसमाथि पनि विपद् व्यवस्थापन समिति अर्थात ललितपुर महानगरपालिकाको नगर प्रहरी छ । नगरप्रहरी नै सबैभन्दा बढि अग्रसर हुनुपर्ने भएकाले तालिम दिई स्रोतको व्यवस्थापन गर्न अनिवार्य छ । यसको लागि पूर्वाधारको व्यवस्था गर्नुपर्ने जिम्मा नगरपालिकाको हो ।’

उनले विपद्को समयमा नगर प्रहरीका साथै तालिम प्राप्त विपद् स्वयंसेवकहरु निकै संवेदनशीलताका साथ अगाडि बढ्नुपर्ने बताए । महानगरपालिकाका प्रमुख महर्जनले विपद् व्यवस्थापनको लागि पाँचवटा डुङगा खरिदको प्रक्रियामा गइरहेको र डुङगाको लागि पनि तालिमको छिटै व्यवस्था गरिने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार