मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नवलपरासीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

परासी । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या भएको छ । पाल्हीनन्दन गाउँपालिका–५ हर्दी बस्ने उमेश बढईको छोरा २० वर्षीय रोशन कुमार बढई भन्ने सूर्य कुमार बढईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नवलपरासीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार आफ्नै घरमा सुतिरहेका सूर्य कुमारलाई धारिलो हतियारले घाँटी रेटि अज्ञात समूहले हत्या गरेको हो । हत्या गर्ने समूहको खोजी कार्य भईरहेको डिएसपी बोहराले जानकारी दिनुभयो । 

सूर्य कुमार कक्षा १२ को परीक्षा दिएर बसेका थिए । उनको पिता बैदेशिक रोजगारीमा रहेको बताईएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालसहितको प्रहरी टोली खटिएको छ ।

हत्या किन र कसले गर्यो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमाटमका लागि पृथ्वीचन्द्र अस्पताल ल्याइएको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै