मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |
मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |


एमाले बैठक : राजनीतिक प्रतिवेदन सुझावसहित पारित

Ujyalosandeshonline 11009+ समाचार ( )
३१ अशोज २०८२, शुक्रबार

प्रकाश सिलवाल/रासस

लतिलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आज सम्पन्न दसौँ पूर्ण बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत मुलुकको राजनीतिक परिस्थिति र पार्टीको नीतिसम्बन्धी विशेष प्रस्ताव र समसामयिक २२ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

पारित प्रस्तावमा गत भदौ २३ गते आयोजित जेनजी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग, शान्ति सुरक्षा, सुशासन, निर्वाचन आदि विषय समेटिएको छ । बैठकले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ र उच्च बनाउँदै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन राजनीति दलहरू र आमनागरिकलाई आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

तीनदिने बैठकमा केन्द्रीय कमिटीका दुई सय ३३, प्रदेश कमिटीका अध्यक्ष आठ, पोलिटब्युरोका ४६, स्थायी कमिटीका २१, केन्द्रीय निकायका तीन र पदाधिकारी १७ जना सदस्यले सुझावसहितको मन्तव्य राख्नुभएको थियो । बैठकमा चारवटै आयोगका अध्यक्ष क्रमशः अनुशासन आयोगका अध्यक्ष केशव वडाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राख्नुभएको थियो । बैठक समापन गर्दै अध्यक्ष ओलीले आफू सदैव पार्टी एकताको पक्षमा रहेको स्पष्ट गर्दै अहिलेको सङ्कटको समाधान र लोकतन्त्रको रक्षामा लाग्न आह्वान गर्नुभयो । 

मुलुकमा पछिल्लो अवधिमा विकसित असामान्य परिस्थितिका सम्बन्धमा एमाले संवेदनशील, चिन्तित र गम्भीर उल्लेख गर्दै पारित समसामयिक प्रस्तावमा राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, शान्ति, विकास र समृद्धिको बाटो नै अनिश्चित भविष्य एवं सङ्कटको दिशातिर उन्मुख भइरहेको वर्तमान अवस्थामा मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउन सक्रिय भूमिका खेल्ने सङ्कल्प गरिएको छ ।

सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासनलगायत विभिन्न माग राखेर जेनजी युवाहरूले गरेको गत भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको जनाउँदै घटनामा परी जीवन गुमाउनुहुने युवाहरू एवं कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका सुरक्षाकर्मी र नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

पारित प्रस्तावमा भनिएको छ,  “तथ्यहरूले भदौ २३ गते कुनै न कुनै दुःखद् घटना घटाएर भदौ २४ गते देश दहन गर्ने सुनियोजित तयारी भइरहेको थियो भन्ने पुष्टि गर्छन् । यस घटनाको स्वतन्त्र, निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ, सबै तथ्यहरू बाहिर ल्याइनुपर्छ र संलग्न दोषीहरूलाई कारबाही गरिनुपर्छ भन्ने माग गर्दछ ।”

बैठकले आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमणमा पर्नुभएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन परराष्ट्रमन्त्री डा आरजु देउवा र निवासमै जलेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्रा रविलक्ष्मी चित्रकारलगायत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मुलुकको विकास र समृद्धिका लागि नव युवाहरूसँग अझ सार्थक संवाद गर्न, उहाँहरूका सरोकारलाई ग्रहण गर्न, सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको प्रतिबद्धता जनाउँदै एमालेले तदनुरूप पार्टीका संरचनाहरूमा युवा सहभागिता अभिवृद्धि गर्न एवं सरकारमा रहँदा उद्यमशीलता, सीप विकास, उत्पादन र बजार शृङ्खलाको इकोसिस्टम निर्माण गर्न, स्टार्ट अप, नवप्रविधिमार्फत नवप्रवर्तनको विकासलगायत क्षेत्रमा विभिन्न चालिएका कदमको पुनः स्मरण गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार