भैरहवा । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । विद्युतीय अपराध सम्बन्धि कसुरको आरोपमा पालिका अध्यक्ष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए ।
पालिका अध्यक्ष चौधरीले जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोप छ । उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। चौधरी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।