मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन

Ujyalosandeshonline 12437+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

जनकपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि आवश्यक गृहकार्य सुरु गर्न प्रदेशभरिका वितरण केन्द्रहरुलाई निर्देशन दिएका छन् ।मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसंग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्येनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न निर्देशन दिएका छन् । 

उनले सिँचाईको समय एक महिना मात्र बाँकी रहेकाले तीव्र गतिमा स्थान छनोट, ट्रान्सफर्मर जडानलगायतका कार्यहरु अगाडि बढाउन निर्देशन दिएका छन् । किसानले बोरिङ जडान गर्न माग गर्नु भन्दा पहिला नै सम्बन्धित स्थानिय तह र निकायहरुसंग समन्यव गरेर बोरिङ जडान गरिसक्न उनले निर्देशन दिए । आवश्यक परेको खण्डमा उनले बोर्डरबाट थप ट्रान्सफर्मरसमेत मगाउने बताए ।

बोरिङ जडान भएपश्चात न्यूनतम शुल्क तोकेर स्थानीय तह र अन्य निकाहरुसंँग सो रकम असुल उपर गर्नेगरी बिजुली प्रदान गर्ने शाक्यले जानकारी दिए । ८ रुपैयाँ तिरेर ल्याएको बिजुली निःशुल्क दिन नसक्ने भन्दै उनले थोरै रकम भएपनि लिएर मात्र बिजुली दिने स्पष्ट पारे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार