मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सुपादेउराली मन्दिरको व्यवस्थापन सुधार्न १५ दिनभित्र नयाँ समिति गठन गरिने

अनिल नेपाली 141+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

अर्घाखाँची । जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरको व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउन १५ दिनभित्र नयाँ व्यवस्थापन समिति गठन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सम्पन्न सर्वपक्षीय बैठकले मन्दिरको संरक्षण र दिगो विकासका लागि यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार, सन्धिखर्क र सितगंगा नगरपालिकाका नगरप्रमुखहरूको आपसी समन्वयमा सबै पक्षलाई समेटेर नयाँ समिति बनाइनेछ ।

बैठकमा मन्दिरको आर्थिक पारदर्शिता र व्यवस्थापनबारे उठेका जनगुनासालाई सम्बोधन गर्दै, आगामी दिनमा स्पष्ट र उत्तरदायी प्रणालीको विकास गर्न जोड दिइएको छ । जनप्रतिनिधि, राजनीतिक दल, पूर्व व्यवस्थापन समिति, सञ्चारकर्मी तथा युवाहरूको उपस्थिति रहेको उक्त बैठकले मन्दिरलाई सुशासनयुक्त धार्मिक गन्तव्य बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार