मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं

Ujyalosandeshonline 12444+ समाचार ( )
३० कार्तिक २०८१, शुक्रबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको प्लस टु पछिको शिक्षा नेपालमै हुनुपर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको पैसा नेपालमै रहनुपर्ने बताउँदै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई समेत नेपालमै हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पैसा भन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र  नेपालको पैसा नेपालमै रहनुपर्छ । सबै विद्यार्थीको प्लस टु माथिको पढाई नेपालमै हुनुपर्छ ।  मेडिकल शिक्षा नेपालमै हुनुपर्छ, इन्जिनियरिङ शिक्षा नेपालमै हुनुपर्छ, पाइलट टे«निङ र पाइलटको पढाइ पनि नेपालमै हुनुपर्छ बाहिर जान नपरोस् र नेपालमा जे पनि सम्भव छ भन्ने उदेश्यका साथ म अगाडि बढेको छु ।’ 

साथै उनले मंसिर तीन गते नेताहरुको दिमाग हल्लिने भ्रष्टाचारका प्रमाण सहित प्रस्तुत हुने बताए । उनले तीन गते कसैले नसोचेको  र नदेखेको कुरा कुन नेताको कुन कम्पनिमा कती लगानी छ भनेर सिग्नेचर सहित प्रस्ट पार्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार