मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


भैरहवास्थित भीम अस्पतालको सेवामा सुधार, सरोकारवालाद्वारा थप प्रभावकारिताको माग

Ujyalosandeshonline 11474+ समाचार ( )
३१ अशोज २०८२, शुक्रबार

भैरहवा । भैरहवास्थित भीम अस्पतालले विगतभन्दा धेरै सुविधाजनक र सुधारिएको स्वास्थ्य सेवा प्रवाह गरिरहेको भए पनि सरोकारवालाहरूले सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र भीम अस्पतालद्वारा आयोजित 'अस्पतालबाट सञ्चालित स्वास्थ्य सेवाहरूको वार्षिक सुरक्षा गोष्ठी आव २०८१–०८२' मा सहभागीहरूले अस्पतालको उपचार सेवाको गुणस्तर बढ्दै गए पनि यसलाई समयसापेक्ष, थप विश्वासिलो र प्रभावकारी बनाउनुपर्ने धारणा राखेका हुन्।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले भीम अस्पतालको उपचार सेवामा क्रमिक सुधार आएको भए पनि वर्तमान आवश्यकतालाई पूरा गर्न उपचार सेवामा विविधीकरण जरुरी भएको बताए । उनले अस्पतालका चिकित्सकहरूलाई सेवामुखी भएर काम गर्न आग्रह गरे । लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले सीमित स्रोत साधनको उच्चतम प्रयोग र थन्किएका उपकरणहरूलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । उनले अस्पताललाई कर्मचारी भर्ती केन्द्रको रूपमा प्रयोग नगर्न र रिफर सेन्टर बन्न नदिन सुझाव दिए ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष कुल प्रसाद न्यौपाने र विश्वेश्वर बस्यालले अस्पतालको सेवामा सुधार आएको र यसमा सबैको योगदान रहेको बताए। नेपाली कांग्रेस सिद्धार्थनगरका कार्यवाहक सभापति अनिल केसीले भीम अस्पताल अहिले बिरामीहरूको रोजाइमा पर्न थालेको उल्लेख गरे। नेकपा एमाले सिद्धार्थनगरका नगर कमिटी इन्चार्ज चक्र थापाले भीम अस्पताल अब गरिब दुःखीको मात्र नभई मध्यमवर्गीय तथा हुनेखाने बिरामीका लागि पनि उपचार गर्ने थलो बनेको र निजी अस्पतालहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुन थालेको बताए।

सेवाग्राहीको संख्यामा वृद्धि:

अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर खमजङ खत्रीका अनुसार, आव २०८१–०८२ मा ओपिडीतर्फ १ लाख २० हजार ३ सय ४६ जना बिरामीले उपचार गराएका थिए, जुन अघिल्लो आवको १ लाख १२ हजार ८ सय ४५ जनाभन्दा बढी हो। इमर्जेन्सीमा आव २०८१–०८२ मा २१ हजार २ सय ८९ जना र अघिल्लो आवमा १४ हजार ९ सय १३ जनाले उपचार लिएका थिए ।

आव २०८०–०८१ मा कुल ५ हजार ६ सय २६ जना बिरामीको शल्यक्रिया भएकोमा गत आवमा ५ हजार ८ सय ६० जनाको शल्यक्रिया गरिएको थियो। तथ्याङ्कअनुसार भीम अस्पतालमा प्रतिदिन १ हजार १ सय ४९ वटा ल्याब टेष्ट, ३४ वटा अल्ट्रासाउण्ड र १३ वटा मुटुको इसिजी हुने गरेको छ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले सीमित साधन स्रोत र जनशक्तिको अधिकतम प्रयोग गरेर गुणस्तरीय उपचार प्रदान गरिँदै आएको दाबी गरिन्। उनले उपचार सेवाको गुणस्तर र प्रभावकारिताबारे बिरामी तथा आफन्तसँग प्रतिक्रिया लिइने गरेको पनि जानकारी दिइन् । भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले अस्पतालका सेवाहरूलाई अझ प्रभावकारी बनाउन आफ्नो पहल निरन्तर रहने र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार