मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट :
नेपाल पुलिस फाइनलमा, अरु टिमको यस्तो छ फाईनल पुग्ने समीकरण

Ujyalosandeshonline 11474+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

भैरहवा । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब एक खेल खेल्न बाँकी हुदै फाईनल पुगेको छ । मंगलबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई हराउदै फाईनल यात्रा सुनिश्चित गरेको हो । 

दाङ्ग लमहीको देउखुरी क्रिकेट रङ्गशालामा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको छ । पुलिसले दिएको १४७ रनको लक्ष्य पछ्याउदै कर्णाली प्रदेश २४ ओभरमा सबै विकेट गुमाउदै १०३ रनमै खुम्चिएको थियो । कर्णालीको लागि रविन्द्र शाहीले ४९ रन र अर्जुन घर्तिले ३० बनाउदा अन्य ब्याट्सम्यानहरु दोहोरो अंक समेत जोड्न सकेनन् । 

पुलिस क्लबका लागि म्यान अफ द म्याच समेत रहनुभएका ललित राजबंशीले ९ ओभरमा ४१ रन खर्चिदै ६ विकेट लिए । यसै गरि सागर ढकालले २ र करण केसीले १ विकेट लिए । 

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउदै १४७ रन बनाएको थियो । पुलिसका लागि अर्जुन साउदले ३६ रन, दिलिपनाथले ३४ रन र सागर ढकालले अविजित २२ रन बनाए । 

बलिङमा कर्णाली प्रदेशका अनुज चुनाराले ४, दिवन पुनले ३ विकेट र दिनेश अधिकारी, दिपेन्द्र रावत तथा सुनिल धमलाले समान १/१ विकेट लिए । 

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ८ खेल खेलेको नेपाल पुलिस क्लब अविजित रहदै १६ अंक बटुलेर शिर्ष स्थानमा रहेको छ । यस्तै ८ खेल नै खेलेको त्रिभुवन आर्मी भने ७ मा जित सहित १४ अंक लिई दोश्रो स्थानमा रहेको र ८ खेल नै खेलेको शसस्त्र ६ मा जित सहित १२ अंक लिएर तेश्रो स्थानमा रहेको छ । यस्तो अवश्थामा बिहिबार हुने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी बिचको खेलमा पुलिस पराजित भए पनि १६ अंक पाएको उसलाई फाईनल पुग्न कुनै बाधा पुग्ने छैन । सो खेलमा आर्मी विजयी भए आर्मीको पनि १६ अंक हुनेछ र शनिबार भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आर्मी र पुलिस बिच फाइनल खेल हुनेछ । यसै गरि शसस्त्र प्रहरी बलले पनि फाईनल पुग्ने आशा कायमै राखेको छ । तर शसस्त्र फाइनल पुग्न बिहिबारको खेल आर्मीले हार्नुपर्ने हुन्छ भने भोली कोशी प्रदेश संग हुने शसस्त्रको टिमलाई राम्रो रनरेट सहित जित्नै पर्ने बाध्यता रहेको छ । 

यसै बिच बिहिबार रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा भएका खेलमा मधेश प्रदेशले सुदूर पश्चिम प्रदेशलाई ४४ रनले हराएको छ । १०३ रनको लक्ष्य पछ्याएको सुदूर पश्चिम २९ ओभरमा आफ्ना सबै विकेट गुमाउदै ५८ रन मात्र बनाउन सक्यो । सुदूरका लागि हेमन्त धामीले सर्वाधिक १९ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङमा मधेश प्रदेशका बिशाल पटेलले ६ विकेट लिए । यस्तै प्रदिप पासवानले ३ विकेट र रुपेश सिंहले १ विकेट लिए । 

यस अघि टर हारेर ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले ४२.३ ओभरमा सबै विकेट गुमाउदै १०२ रन बनाएको थियो । मधेशका लागि प्रदिप पासवानले अविजित रहदै सर्वाधिक २३ रन बनाउदा पवन सर्राफले १९ रन तथा दिपेश दास र रुपेश सिंहले समान १२/१२ रनको योगदान गरे । 

बलिङ तर्फ सुदूर पश्चिम प्रदेशका हेमन्त धामी र शेर मल्लले समान ४/४ विकेट लिदा नारायण जोशी र विकास आग्रीको नाममा १/१ विकेट रह्यो । 

प्रतियोगितामा मधेश प्रदेश एक खेल खेल्न बाँकी रहेको छ भने ९ खेल खेली सकेको सुदूरपश्चिम ६ अंक प्राप्त गरि प्रतियोगिताबाट बाहिरिएको छ ।

भोलीको खेल सिद्धार्थ क्रिकेट रङ्गशालामा कोशी प्रदेश र बिभागीय टोली शसस्त्र प्रहरी बिच हुनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार