मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

उपनिर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न कटिवद्ध छु: प्रजिअ पाण्डे

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आगामी कार्तिक १७ गते हुने उप निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा गराउन आफु कटिवद्ध रहेको बताएका छन् ।  जिल्ला प्रशासन कार्यालय भैरहवामा पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले रुपन्देही जिल्ला चुनौती र अवसर दुवै रहेको जिल्ला भएको कारण आफ्नो व्यवसायिकता र करियरमा दाग लाग्ने गरि कुनै काम नगर्ने बताए ।

“२७ वर्ष देखि निजामति सेवामा छु, खरिदार हुदै यहाँ सम्म आईपुगेको छ । अझै धेरै अगाडी पुग्नुपर्नेछ ।” पाण्डेले भने “त्यसैले करियरमा आँच कुनै प्रकारको काम गर्दैन, बरु अर्को ठाउ जान्छु तर व्यवसायिकता संग कुनै सम्झौता गर्दिन ।”

उनले सुशासन तथा जिल्लामा अमन चयन कायम गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भूमिका र भएको बताउदै यस संगै जिल्लामा संचालित विकास निर्माणका कामलाई नियमित रुपमा अगाडी बढाउने उनले बताए । उनले सेवा प्रवाहको विषयमा आफ्नो दक्षता रहेको बताउदै भने “तपाईहरुले हेर्देै जानुहोला, मसंग काम गर्दै जादा तपाईहरुले ईन्जोय गर्नुहुनेछ ।”

उनले जिल्ला प्रशासन कार्यालय संगै समग्र कार्यालयहरुको सेवा प्रवाहमा सुधार गर्ने प्रतिवद्धता जनाए । उनले रुपन्देही जिल्लाका आफ्नै सुरक्षा चुनौतीहरु रहेको कारण यसमा पनि विशेष ध्यान दिने जनाए । प्रजिअ पाण्डेले नेपालको राजधानी पछि रुपन्देही सञ्चारको राजधानी भएको बताउदै उनले सञ्चारमाध्यमबाट रचनात्मक भूमिका खोजेको बताए । 

उनले सकारात्मक समाचार मात्रै नभई आलोचनात्मक समाचारले आफुलाई सुधार गर्न सहयोग गर्ने बताए । यसको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदान गर्ने सूचनाहरु समयमा र सबैलाई समान रुपमा उपलब्ध गराईने प्रतिवद्धता जनाए । “अहिले सञ्चारकर्मीहरुलाई पनि सुरक्षा चुनौती देखिएको छ । यस्तो अवश्थामा कुनै समस्या आए तपाईहरुलाई पर्ने चुनौती समाधान गर्ने हाम्रो जिम्मा हो ।”

उने अहिले पत्रकारीतामा पनि विकृति आएको बताउदै यसमा स्वनियमन पनि आवश्यक रहेको औल्याए । कार्यक्रममा पत्रकारहरुले प्रमुख जिल्ला अधिकारीलाई सूचनामा सहज पहुँच संगै प्रजिअको कामलाई हेरेर मात्र धारण बनाउन सक्ने बताएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार