मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

लुम्बिनी साँस्कृतिक नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, खेलकुदलाई नगरको पहिचान बनाउने कार्यवाहक प्रमुखको उद्घोष

अन्जना चौहान 5+ समाचार ( )
२७ माघ २०८२, सोमबार

लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा ‘पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२’ को भव्य शुभारम्भ भएको छ । सोमबार नगरपालिकाको वडा नम्बर ३ स्थित पडिरिया खेलमैदानमा आयोजित एक विशेष समारोहका बीच नगरका कार्यवाहक प्रमुख कल्पना हरिजनले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख हरिजनले खेलकुदलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाको मुख्य पहिचानका रूपमा स्थापित गर्ने अठोट व्यक्त गर्नुभयो ।

शैक्षिक गुणस्तर उकास्नका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै उहाँले शान्तिका अग्रदूत बुद्धको जन्मस्थल लुम्बिनी लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धा र अनुशासनको विकास गर्न खेलकुद अनिवार्य रहेको उल्लेख गर्दै उहाँले खेलले विजेता र उपविजेताबीच काँधमा काँध मिलाएर अगाडि बढ्ने संस्कारको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नगरभित्रका विद्यालयहरूको खेलमैदान सुधार तथा स्तरोन्नतिका लागि नगरपालिकाले योजनाबद्ध रूपमा बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

खेलकुदलाई विद्यार्थीहरूको लुकेको प्रतिभा उजागर गर्ने सशक्त मञ्चको रूपमा व्याख्या गर्दै कार्यवाहक प्रमुख हरिजनले स्थानीय तहहरूमध्ये लुम्बिनी खेलकुद क्षेत्रमा उत्कृष्ट रहेको दाबी गर्दै खेलाडी र विद्यालयबीचको समन्वयमा जोड दिनुभयो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विद्यार्थीहरूको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने र सीप अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । विद्यालयहरूबीच हुने निकै प्रतिस्पर्धात्मक खेलहरूले उत्कृष्ट खेलाडी उत्पादन गर्न र उनीहरूलाई माथिल्लो स्तरसम्म पुर्‍याउन यो प्रतियोगिता एउटा बलियो कडी साबित हुने आयोजकले विश्वास लिएको छ ।

उक्त उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, नगर प्रवक्ता इनामुल्लाह फकिर, शिक्षा शाखा उपसचिव लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उहाँहरूले आ–आफ्नो मन्तव्य राख्दै प्रतियोगिताको पूर्ण सफलताको कामना गर्नुभएको थियो । प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार