मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा

Ujyalosandeshonline 12441+ समाचार ( )
७ माघ २०८१, सोमबार

चितवन । चितवनको भरतपुर सडक क्षेत्रमा एक व्यक्तिलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ बसेनी चोकमा प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछी प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर घर्ती निलम्बनमा परेका हुन् । 

चितवन प्रहरीले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । 

सवारी चेकजाँचको क्रममा युवकलाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका युवकलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा देखिएको छ ।

तर जिल्ला प्रहरी कार्यालय चितवनले यो घटना पुसको नै भएको पुष्टि गरेको छ । कुटाइखाने व्यक्ति भरतपुरकै स्थानीयबासी रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार