मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

संविधान अपुरो हुनुमा माओवादी सरकार जिम्मेवार

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ असार २०८१, शनिबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष बाबुराम भट्टराईले तत्कालिन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपुरो भएको टिप्पणी गरेका छन् । 

शनिबार एन्टिथेसिस पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अपुरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताएका छन् । 

उनले भने, ‘ माओवादीले संविधान बनाउन पाएको भए योभन्दा राम्रो बन्थ्यो । हामी अझै १५, २० वर्षसम्म जान सक्थ्यौं । तत्कालिन माओवादी सरकारले संविधान निर्माण गर्न नसक्दा संविधान अपुरा बन्यो । अपुरो संविधान छ । संविधान अुनसारका कानून बनेका छैनन् ।’

अपुरो संविधान बनेकै कारण प्रर्याप्त कानून बनाउन नसकिएको उनको भनाइ छ । कम्युनिष्ट पार्टीहरुले लामो समय सरकार चलाएको भएपनि परराष्ट्र नीति र शिक्षा नीति बनाउन नसकेको भट्टराईको आरोप छ । 

उनले भने, ‘परराष्ट्र नीति हामीले परिवर्तन गर्न सकेका छैनौं । शिक्षा नीति बनिसकेको छैन । त्यसो हुँदा संविधान कार्यान्वयन गर्न सकिरहेको छैन । आर्थिकका सवालमा खु्ला सिमाना भएको भारतसँग कुरै गर्दैनौं, उद्योगधन्दाहरु उहिल्लै चौपट भइसकेका छन् । पहिलो उद्योग क्षेत्र मर्यो, अहिले कृषि क्षेत्र चौपट हुँदैछ । त्यसैले अहिले युवाहरु पलायन भइरहेका छन् । अनि सरकारले यो देशमा यति कर्मचारी पठाए भनेर समाचार छाप्न लगाउँछ । यही हो बामपन्थी सरकार, यही हो माओवादी सरकार ? म कसैलाई व्यक्तिगत दोष दिन चाहन्न तर यो संरचनात्मक समस्याहरु हुन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार