मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कराँतेका पदक विजेता खेलाडीलाई रास्वपाद्वारा सम्मान

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

भैरहवा । भारतमा भएको इण्डो–नेपाल कराँते च्याम्पीयनसीप–२०२४ का पदक विजेता खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्मान गरेको छ । फ्रेब्रअरी ३ र ४ तारिख भारतको करिमनगर, तेलगंगामा भएको प्रतियोगितामा नेपाल दोस्रो भएको छ ।

प्रतियोगितामा नेपालले १९ स्वर्ण, ११ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । उक्त प्रतियोगितामा सिहान वीर मित्र नेपालबाट प्रमुख निर्णायक थिए । त्यस्तै नेपालकोतर्फबाट प्रशिक्षकद्वय मनिष पाण्डे र अनुपम ज्ञवाली सहभागी थिए । रास्वपाले भारतबाट फर्केका नेपाली कराँते खेलाडीलाई सीमा नाका बेलहियामा सम्मान गरेको छ ।

रास्वपा सिद्धार्थनगर समिति, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, प्रदेश सदस्य प्रकाश ज्ञवाली, जीत बहादुर गुप्ता (शेखर), महेन्द्र पाण्डे, बुटवल उपमहानगरपालिका संयोजक राजेन्द्र पाण्डे, रुपन्देही क्षेत्र नम्बर क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति ओम पौडेल, ५ का क्षेत्रीय समिति सदस्य गौतम पाण्डे, सिद्धार्थनगर सभापति पर्शुराम पराजुली, निवर्तमान नगर संयोजक सुमन न्यौपाने, नगर कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सिद्धार्थनगर–८ का सचिव उदय कार्कीलगायतले टीका, र खादा लगाएर खेलाडीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार