ठूलो पदमा हुँदामात्र ठूलो मान्छे बन्ने होइन : सुनिता डंगोल

Ujyalosandeshonline 11089+ समाचार ( )
२३ असार २०८१, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरुले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएकी छिन् ।

शनिबार एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले एसईईसम्म किताबी ज्ञानलाई ध्यान दिएपनि अब सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने सुझाव दिइन ।

त्यस्तै उनले साथी संगतले भन्दा पनि आफूलाई मन लागेको विषय छनोट गरे उच्च शिक्षा हासिल गर्न पनि सुझाइन । 

‘ठूलो पदले मात्र ठूलो मान्छे बन्ने होइन । आफ्नो परिवार, देश र समाजको बारेमा सोचेर कसरी राम्रो काम गर्न सकिन्छ भनेर पढ्नुपर्छ । जब हामीले मनैदेखि अरुका लागि काम र कल्पना गर्न सक्छौ, त्यो बेला नै हामी ठूलो मान्छे र असल नागरिक बन्न सक्छौ । रोजेको पेशाबाट राष्ट्रको लागि काम गर्न सक्छौ,’उनले भनिन् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार