मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

बंगलादेशको इस्लामिस्ट जमात–ए–इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

Ujyalosandeshonline 11009+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले जमात ए इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । जमात–ए–इस्लामी बंगलादेशको मुख्य इस्लामिक पार्टी हो, जसलाई धार्मिक कट्टरवादको रूपमा चिनिन्छ । 

यस पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने क्रममा सरकारले आतंकवादी गतिविधिमा जमात–ए–इस्लामीको संलग्नताको कुनै प्रमाण नभेटिएको बताएको छ ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जमात–ए–इस्लामी पार्टीलाई यहूदी विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएकी थिइन् । जमात–ए–इस्लामी पार्टीलाई बंगलादेशमा विद्यार्थी नेतृत्वको विरोधमा हिंसा भड्काएको आरोप लगाइएको थियो, जुन पछि पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्रोहमा परिणत भयो ।

पार्टीले आन्दोलनका क्रममा हिंसा भड्काएको आरोपलाई अस्वीकार गरेको छ, जसमा विद्यार्थीहरूले सरकारी जागिरमा आरक्षणको विरुद्ध आवाज उठाएका छन् । जमात–ए–इस्लामी पार्टीलाई उच्च अदालतले २०१३ मा चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसपछि २०१४, २०१८ र जनवरीमा भएको निर्वाचनबाट पार्टी बाहिर रहनुपरेको थियो ।

शेख हसिनाको सरकारले अगस्ट १, २०२४ मा पार्टीलाई प्रतिबन्ध लगाएको थियो । तर, चार दिनपछि विद्यार्थी विद्रोहका कारण उनले राजीनामा दिएर बंगलादेश छोड्नुपरेको थियो । जमात–ए–इस्लामी सन् १९४१ मा बेलायती शासनकालमा स्थापना भएको थियो, सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताको लडाइँमा बंगलादेशलाई स्वतन्त्र राज्यको रूपमा निर्माण गर्ने विरुद्ध अभियान चलाउँदै आएको थियो ।

बंगलादेशमा कु’ भएपछि त्यहाँका हिन्दूहरुमाथि आक्रमणकारीले आक्रमण गरे जसको पछाडि जमात–ए–इस्लामी पार्टीको हात रहेको बताइएको छ । तर, जमात–ए–इस्लामी पार्टीका शफिकुर रहमानले बंगलादेशमा हिन्दू समुदायमाथि भएको आक्रमणमा आफ्नो पार्टी संलग्न नभएको बताएका छन् ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार उनले जमात–ए–इस्लामी पार्टीको छवि बिगार्नका लागि यस्ता कुराहरू भइरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार