मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नेपासँगको खेलमा आचारसंहिता उल्लंघन गर्दा बंगलादेशका बलर तान्जिम हसनलाई आईसीसीले गर्यो कारबाही

Ujyalosandeshonline 12441+ समाचार ( )
६ असार २०८१, बुधवार

काठमाडौं । टी–२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्ने बंगलादेशका युवा बलर तान्जिम हसन शकिबलाई कारबाही गरिएको छ ।

उनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो । मैदानमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । त्यतिबेला उनले नेपाली कप्तानलाई हल्का धक्का समेत दिएका थिए । सोही कारण उनीमाथि आईसीसीले कारबाही गरेको हो ।

नेपालविरुद्धको खेलमा तन्जिम हसन शकिबले उत्कृष्ट बलिङ गरेका थिए । यो खेलमा उनले ४ ओभरको स्पेलमा २ मेडन बलिङ गर्दै ७ रन मात्रै खर्चिएर ४ विकेट लिएका थिए । उनले टी–२० विश्वकपको एक इनिङमा सबैभन्दा धेरै डट बल गर्ने कीर्तिमान पनि बनाएका छन् । यद्यपि यो रेकर्ड पछि लोकी फर्गुसनले तोडेका थिए, तर यो तन्जिम हसनको करियरको उत्कृष्ट बलिङ स्पेल थियो । 

सोही खेलमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । बंगलादेशका लागि तन्जिम हसनले इनिङ्सको तेस्रो ओभर बलिङ गरेका थिए र आफ्नो ओभर पूरा गर्ने बित्तिकै उनी र रोहित पौडेलबीच झगडा भयो । दुवैबीच शब्दको आदानप्रदान भयो र त्यसपछि तन्जिम रोहित पौडेलको नजिक आएर हल्का धक्का दिए । तर, खेलाडी र अम्पायरले हस्तक्षेप गरेर अवस्था शान्त गराए ।

खेलपछि भएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले मैदानमा भएको विवादबारे बताएका थिए । तन्जिमको बलिङको प्रशंसा गर्दै कप्तान पौडेलले खेलमा हिट अफ द मोमेन्ट हुने भन्दै सो घटनालाई सामान्य रुपमा लिनुपर्ने बताए। तर, सो घटनाको सामाजिक सञ्जालमा निकै विरोध भयो । 

बास्तावमा घटना के भएको हो भन्नेबारे नेपाली कप्तान पौडेलले खेल सकिएपछि (सोमबार –३ गते)  भने, ‘ऊ (तन्जिम) आएर ‘हिट’ भन्यो। मैले ‘गो एण्ड बल’ (जाउ, बलिङ गर) भनेँ। अरु केही पनि हैन।’

यही कारण आईसीसीले अहिले तन्जीम हसनविरुद्ध ठूलो कारबाही गरेको छ । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ र उनले आफ्नो गल्ती पनि स्वीकार गरेका छन् ।

यस खेलमा बंगलादेशको प्रदर्शन राम्रो रह्यो । टोलीको ब्याटिङले काम गर्न सकेन तर बलरले टोलीलाई एकतर्फी जित दिलाए । पहिले खेलेको बंगलादेशको टोली १९.३ ओभरमा १०६ रनमा सीमित भयो । तर, जवाफमा नेपालले १९.२ ओभरमा ८५ रन मात्रै बनाउन पाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार