मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘हिमालयन गानादा फुटसल गोल्डकप विजेतालाई दुई लाख नगद

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

काठमाडौं । ‘हिमालयन गानादा फुटसल गोल्ड कप २०८१’ को उपाधि आयोजक टिम हिमालयन फुटबल क्लबले रक्षा गर्न सफल भएको छ । राजधानीको चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा सम्पन्न फाईनल खेलमा ढुकु स्पोर्ट्स हवलाई पेनाल्टी सूटआउटमा ३ २ गोल अन्तरले पराजित गर्दै हिमालयन एफसीले उपाधि रक्षा गरेको हो ।

निर्धारित २० मिनेटको समयमा १(१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा तेस्रो नम्बरमा गोल गर्न पुगेका ढुकुका खेलाडी चुक्दा हिमालयन एफसीले उपाधि चुम्यो । उपाधिसँगै गोल्डकप, विजयी मेडल र नगद २ लाख पुरस्कार आयोजकले नै राख्न सफल रह्यो ।

विजयी टिमलाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले ट्रफी, मेडल र चेक भौचर प्रदान गरेका थिए । यस्तै रनरअप बनेको ढुकुलाई नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरू अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर र सविता राना मगरले संयुक्त रूपमा नगद १ लाख पुरस्कार र रनरअप मेडल प्रदान गरे । प्रतियोगितामा हिमालयन एफसीका दिपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । गोलपोस्टको जिम्मा सम्हालेका दिपेशले प्रि क्वाटरमा टिमको लागि दुई गोल गर्न सफल भएका थिए भए फाइनल खेलको पेनाल्टीमा पनि विजयी गोल उनले नै गरेका थिए । उनले नगद १० हजार आफ्नो पक्षमा पारे ।

यस्तै उत्कृष्ट खेलाडीको पुरस्कार ढुकुका अशोक मगरले हात पारे । उनले पनि समान १० हजार पाउँदा फेयरप्ले टिमको उपाधि मत्से फुटसलले जित्यो । बागमती फुटबल संघका उपाध्यक्ष राजिव मानसिंह बस्नेतले फेयरप्ले टिमलाई नगद २० हजार र ट्रफी प्रदान गरे ।

नेपाली फुटसल इतिहासमै पहिलो पटक गोल्डकप आयोजना गरेको दाबी आयोजकको छ । समापन समारोहमा प्रमुख अतिथि रहेका राष्ट्रिय टिमका पूर्व कप्तान खड्काले सर्वाधिक धनराशीको गोल्डकप आयोजना सम्पन्न गरेकोमा हिमालयन एफसीलाई बधाई दिँदै यो प्रकारको प्रतियोगिताले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बताए । समापन मन्तव्य राख्दै क्लबमा अध्यक्ष विनोद कार्कीले कार्यक्रम सम्पन्न गर्न आर्थिक भौतिक र हरेकपक्षबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो सफलताले भोलीको दिनमा थप उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने उर्जा प्रदान गरेको बताए ।

३२ टिम सहभागि प्रतियोगिता दुई दिनसम्म चलेको थियो । एन्फा उपाध्यक्ष दावा लामाले प्रतियोगिताको उद्घाटनसँगै बल हस्तान्तरण गरेपछि खेल सुरू भएका थिए । हरेक वर्ष यो प्रकारको प्रतियोगिता र सामाजिक क्षेत्रमा गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने आयोजकले बताएको छ । हिमालयन फुटबल क्लब र गानादा एजुकेसनल कन्सल्टेन्सीको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार