मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भारत महिला एसिया कपको फाइनलमा

Ujyalosandeshonline 12441+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

काठमाडौं । सात पटकको च्याम्पियन भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै महिला एसिया कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो । ८१ रनको जवाफमा भारतीय ओपनरहरूले लक्ष्य ११ ओभरमा पूरा गर्दै नवौं पटक महिला एसिया कपको फाइनलमा पुगे । उत्कृष्ट बलिङका लागि रेणुका सिंह ठाकुर प्लेयर अफ द म्याच घोषित भइन् ।

बंगलादेशकि कप्तान निगार सुल्तानाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । बंगलादेशलाई सुरुदेखि नै भारतीय बलरले ठूलो धक्का दिएका थिए । फास्ट बलर रेनुका सिंह ठाकुरले बंगलादेशको टप अर्डरलाई लगातार प्याभिलियन पठाए र टोलीको स्कोर २१÷३ मा पुर्याइन् ।

त्यसपछि भारतीय स्पिनरहरूले आफ्नो क्षमता देखाउँदै बंगलादेशी ब्याट्सम्यानलाई हावी हुन दिएनन् । आफ्नो टोलीका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने शोर्ना अख्तरले १९ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई ८० रनमा पुर्याएकी थिइन् । भारतका लागि रेणुका सिंह ठाकुर र राधा यादवले ३–३ विकेट लिए भने पूजा वस्त्रकार र दीप्ती शर्माले १–१ विकेट लिए ।

भारतलाई फाइनलमा पुग्न ८१ रनको लक्ष्य थियो । ओपनिङमा आएका स्मृति मन्धाना र शेफाली वर्माले ११ ओभरमा लक्ष्य पूरा गर्दै बंगलादेशसँगको ६ वर्ष पुरानो हिसाब बराबर गरिन ।

एसिया कप २०१८ को फाइनलमा बंगलादेशले भारतीय टोलीलाई हराएको थियो । यस्तो अवस्थामा आज एशिया कपको नकआउट खेलमा बंगलादेशलाई हराउँदै भारतीय टोलीले हिसाब बराबरी गरेको हो ।

भारतका लागि  स्मृति मन्धानाले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेकी थिइन् भने शेफाली वर्माले मात्र २ चौका सहित २६ रन बनाएकी थिइन् । दोस्रो सेमिफाइनल खेल आज आयोजक श्रीलंका र पाकिस्तानबीच हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार