मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |
मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |


मधेशको पर्यटन प्रवद्र्धनका लागि संयोजक ठाकुरले भारतीय रक्षामन्त्रीलाई बुझाए ज्ञापन

Ujyalosandeshonline 11009+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

नयाँदिल्ली । मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा मन्त्री सिंहलाई भेटेर १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा कांग्रेस नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह पनि उपस्थित थिए ।  

मधेश प्रदेशका धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलहरुलाई भारतसँग जोड्ने र तिनीहरुको प्रचार(प्रसारका लागि ज्ञापनपत्र बुझाइएको संयोजक ठाकुरले बताए । ‘भारतसँग सीमा जोडिएको मधेश प्रदेशको सांस्कृतिक, ऐतिहासिक एवं धार्मिक पर्यटन स्थलहरुको विकास एवं प्रवद्र्धनमा सहयोगको आशा राखेर ज्ञापनपत्र बुझाएको छु,’ उनले भने । 

जवाफमा भारतीय रक्षामन्त्री सिंहले नेपाल भारतको ऐतिहासिक र धार्मिक सम्बन्धलाई अहिलेको समयअनुसार अगाडि बढाउनुपर्ने अवश्यकता रहेको बताए । उनले नेपाल र भारतका श्रद्धालुलाई दुःख नदिइ विशेष व्यवहार गर्नुपर्नेमा पनि जोड दिए । ‘मधेश प्रदेशको पर्यटन वर्षको लागि भारतले प्रधानमन्त्रीजीको आसन्न भ्रमणमा एजेण्डा बनाउनेगरी पहल गर्छु ।

धार्मिक तथा पर्यटन आदानप्रदानका लागि चाँडै नै सकारात्मक पहल गर्छु । केही न केही नतिजा दिन्छ,’ उनले भने । ज्ञापन पत्रमा मधेश प्रदेशका नागरिक ऐतिहासिक, सांस्कृतिक, भाषिक एवं पारिवारिक रूपमा भारतसँग जोडिएको र यो क्षेत्र विभिन्न धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन स्थलहरुले परिपूर्ण रहेको उल्लेख छ । 

धनुषाको जनकपुरधाम (सीताको जन्मभूमि), धनुषाधाम, बाराको महागढ़ीमाई मेला स्थल, पर्साका देवधाम, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेव, बर्दिवासस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिर, सर्लाहीको कविलासी नगरपालिकास्थित श्री चमेली माई मन्दिर, फरहदवास्थित रजवा महादेव मन्दिर, बलराको शितलीमाई मन्दिर, चन्द्रनगरस्थित नाढीमन ताल, बाग्मतीस्थित नुनथर पहाड, सप्तरीको राजविराजस्थित छिन्नमस्ता भगवती मन्दिर, हनुमाननगरस्थित श्री कंकालनी माता मन्दिर, रौटहटको मत्सरीस्थित श्री दुर्गा भगवती मन्दिर, शिवनगरस्थित शिवमन्दिर, सिरहाको सहलेश फुलवारी, लहानस्थित बाबा हरिहरनाथ मन्दिरलगायत अन्य धार्मिक एवम् पर्यटकीयस्थल नेपाल र भारतको साझा सांस्कृतिक धरोहरको प्रतीकको रुपमा रहेको र लाखौ श्रद्धालुको आस्थासँग जोडिएको भन्दै यी सबै धार्मिक स्थलहरुलाई भारतको प्रमुख धार्मिक पर्यटन मार्गसँग जोड्न माग गरिएको छ ।

यसले नेपाल–भारतको धार्मिक पर्यटनलाई नयाँ गति मिल्ने र यी स्थलहरुको अन्तर्राष्ट्रियस्तरमा प्रचार(प्रसार हुनेछ । साथै दुबै देशका सांस्कृतिक सम्बन्ध अझै प्रगाढ हुनेछ । स्थानीय अर्थव्यवस्थालाई पनि बढावा मिल्नेछ,ु ज्ञापनपत्रमा भनिएको छ । यसमा यथाशिघ्र पहल गरेर कदम चालिदिन ज्ञापनपत्रमा अनुरोध गरिएको छ । ‘जसले दुई देशको सम्बन्ध अझै सशक्त बन्नेछ भने मधेश प्रदेशले पनि एक वैश्विक धार्मिक पर्यटन स्थलको रूपमा पहिचान प्राप्त गर्न सकोस्,’ ज्ञापनपत्रमा भनिएको छ ।

मधेश प्रदेश सरकारले राखेका १० बुँदे माग

  • नेपाल सरकार र भारत सरकारले आपसमा समन्वय स्थापित गरेर ‘रामायण सर्किट’ अन्तर्गत जनकपुरधामलाई विशेष रूपमा शामिल गरियोस् । 
  • भारत सरकारद्वारा जनकपुर–अयोध्या धार्मिक पर्यटन करिडोरलाई अझै सशक्त बनाइयोस् ।
  • भारतमा मधेश प्रदेशसम्मका धार्मिक स्थलहरुको लागि विशेष पर्यटक बस सेवाररेल सेवा शुरू गरियोस् । 
  • मधेश प्रदेशमा भारतीय लगानी एवं प्राविधिक सहयोगद्वारा पर्यटन पूर्वाधारको विकास होस् । 
  • जनकपुरधाम – अयोध्याको सीधा नियमित हवाई उडान प्रारम्भ गरियोस् । 
  • भारतको पर्यटन नीतिमा मधेशका प्रमुख धार्मिक स्थलहरुलाई बोर्डर टूरिज्मअन्तर्गत समावेश गरियोस् । 
  • यी स्थलहरुको प्रचार(प्रसारका लागि संयुक्त सांस्कृतिक पर्यटन अभियान चलाइयोस् । 
  • भारतीय पर्यटन मन्त्रालयद्वारा मधेशका प्रमुख धार्मिक स्थलहरुलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन मानचित्रमा स्थान दिलाउनमा सहयोग गरियोस् ।
  • श्री रामजन्मभूमि आयोध्या र बाबा विश्वनाथको नगर वाराणसीमा डिजिटल बोर्ड राखियोस् । जहाँ मधेशका धार्मिकस्थलका बारेमा विस्तृत जानकारी उल्लेख गरियोस् । 
  • ‘सीता विना राम अधुरो, यसकारण पहिला अयोध्या त्यसपछि जनकपुरधाम’को नाराको साथ आयोध्यामा जनकपुरधामको प्रचार गरियोस् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार