मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बकैया गोल्डकपः सिनियरतर्फ वडा नम्बर ३ र जुनियरतर्फ ११ लाई उपाधी

Ujyalosandeshonline 11005+ समाचार ( )
२ माघ २०८१, बुधवार

बकैया । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सिनियर र जुनियर दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सिनियरतर्फको उपाधी ३ नम्बर वडा र जुनियरतर्फ ११ नम्बरले जितेको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर ९ लाई ५–० गोलले हराउँदै ३ नम्बरले प्रतियोगिताको उपाधी जितेको हो । तीन नम्बरको जितमा आयुष नेगिले ह्याट्रिक गरे । 

यस्तै अन्जन गोले र सुजन गुरुङले एक–एक गोल गरे । सिनियरतर्फ ३ नम्बरका सुजन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक ३ नम्बरकै सरोज भुलन, डिफेन्डर अन्जन गोले, सर्वाधिक गोलकर्ता आयुष नेगि र उत्कृष्ट प्रशिक्षक विश्वराज लामिछाने घोषित भए । यस्तै उदयमान खेलाडी ५ नम्बरका करण राना मगर, उत्कृष्ट मिडफिल्डर ९ नम्बरका विशाल भोलन र स्टाइकर अभिषेक भोलन घोषित भए । सर्वोत्कृष्टले ५ हजार र अन्य जनहीले ३–३ हजार रुपैयाँ प्राप्त गरेका छन् । जीतसंगै वडा नम्बर ३ ले१ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ९ नम्बरले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । 

यस्तै जुनियरतर्फ वडा नम्बर वडा नम्बर २ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै ११ ले उपाधी जितेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जितसँगै ११ नम्बरले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता २ नम्बरले २५ हजार रुपैैयाँमा चित्त बुझाएका छन् । विजेता ११ नम्बरले सातौं संस्करणको बकैया कपमा सिनियरतर्फबाट सहभागी हुनेछ ।

जुनियरतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ११ नम्बरका सुबास लो घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक ११ का सुजन लो, उत्कृष्ट डिफेन्डर २ का चस्मेलाल स्याङतन, मिडफिल्डर २ का मनोज स्याङ्तन, फरवार्ड ११ का निखिल घलान, सर्वाधिक गोलकर्ता ११ का धन बहादुर न्यासुर, उदयमान खेलाडी ११ का सुबास लुङ्बा र उत्कृष्ट प्रशिक्षक ११ का दिर्घ बहादुर लामा घोषित भए । विधागत उत्कृष्टहरुले जनही ३–३ हजार रुपैयाँ प्राप्त गरेका छन् । आयोजकले पत्रकार दिक्षान्स खड्कालाई ५ हजार रुपैयाँसहित पत्रकार पुरस्कार प्रदान गरेको छ ।

बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङको सभाध्यक्ष तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बकैयाका उपाध्यक्ष भक्त बहादुर खत्री, वडाध्यक्षहरु र विभिन्न राजनीतिक दलका पदाधिकारी आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार