मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल

Ujyalosandeshonline 12437+ समाचार ( )
२० असार २०८२, शुक्रबार

काठमाडौं । गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् । शुक्रबार काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय÷ सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोजनमा समस्या रहेको बताए । 

उनले भने,‘अहिले देशको आर्थिक अवस्था हेरेर दुखी हुनु पर्दैन् । त्यति निराशाजनक छैन् अर्थतन्त्र । ठिक छ । त्यति नराम्रो अवस्था केही छैन् । हामीसँग पैसा पनि छ । हामीसँग विदेशी विनिमयहरु पनि छन् । खाली विनियोजनमा कसरी जाने भन्ने विषय हो ।’

उनले प्राकृतिक रुपमा अर्थतन्त्र जम्प गर्ने कुरा नभएको भन्दै उनले पोलिसीहरुमा सहज रुपमा मुभ गर्नुपर्ने धारणा राखे । उनले पैसा,विदेशी विनिमयहरुहरु पर्याप्त रुपमा हुँदाहुँदै पनि वृद्धिका लागि सही चालक आवश्यक भएको औंल्याए । 

उनले भने,‘यो अर्थतन्त्र भनेको प्राकृतिक रुपमा जम्प गर्ने कुरा होइन् । खासगरी पोलिसीहरुमा स्मूथ मुभ हुनुपर्छ । हामीसँग पैसा छ । विदेशी विनिमयहरु छ तर ग्रोथको लागि ड्राइभर छैन् ।’गर्भनर पौडेलले अर्थतन्त्रको ग्राफ हेर्दा कोरोनाको समयमा चिन्ताजनक भएतापनि अहिले लयमा फर्किएको दाबी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार