मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


अविरल वर्षाले रोहिणी र मायादेवीमा डुबान

विवेक विश्वकर्मा 26+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

भैरहवा । बिहिबार राती देखि परेको अविरल वर्षाको कारण रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ खजुरिया, रोहिणी गाउँपालिका वडा नम्बर ५ को बरवा र तरकुलहा गाउँ डुबानमा परेको छ । 

मायदेवीको खजुरिया गाउँमा तिनाउ खोलाको पानी पस्दा ३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । पानी पसे पनि ठूलो क्षति नभएको उनको भनाई छ । 

यस्तै रोहिणी गाउँपालिका वडा नम्बर ५ मा स्थानिय तुरिया खोलाको पानी पसेको छ । डुबानको कारण २ वटा गाउँका केही घरहरुमा पानी पसेको छ । वडा नम्बर ५ मा तुरिया खोलाले यस अघि पनि दुख दिने गरेको थियो । डुबानका कारण तरकुलहा र बरवामा गरि करिब ५ सय बिघा बढी जग्गाको धानबाली नष्ट भएको स्थानियहरुको भनाई छ । 

देशै भरि बाढी पहिरोको बितण्डा

नदीमा माछा मार्न गएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

नदीमा माछा मार्न जान लागेका उनीहरु निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा बस्दा पहिरो लडेर पुरिएका हुन् । पहिरोले पुरिएपछि बेपत्ता २ जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरि गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले  बगाएपछि एक बालिका बेपत्ता भएकी छिन् । त्यस्तै एउटा  मोटरसाइकल पनि  खोलाले बगाएको  स्थानीय योगेन्द्र बस्नेतले जानकारी दिए । हराइरहेका बालिकाको पहिचान खुलेको छैन ।

नौविसे–नागढुङ्गा सडक खण्डको झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ । बसका यात्रु सकुशल रहेका छन् भने ना३ख ७८५ नम्बरको ट्रकमा क्षति, हाईवे पुर्ण रुपमा अबरुद्व, अविरल पानी परिरहेको छ। पानी  रोकिएपछि पहिरो हटाउने प्रहरीले बताएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित मुलकोट र गोन्जोर गाउँपालिकाको खुर्काेट बजारमा सुनकोसी नदी पसेको छ । नदीमा आएको बाढीले डुवाउदा मुलकोटका पशुपति प्राविका साथै क्वालीटीविच रिसोर्ट सिहत दर्जनौ घरहरू डुवानमा परेका छन । खुर्काेटमा बसपार्क, सशस्त्र प्रहरीको वेस क्याम्पका साथै दर्जनौं घर तथा होटलहरू डुवेका छन । सुनकोसी नदीमा पानिको बहाव उच्च रहेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सार्न भनिएपनि घर तथा होटलका सामानहरू निकाल्न सकिएको छैन । स्थानीय र प्रहरीले उद्धारको लागि पहल गरिरहेको छ ।

लगातारको वर्षातको कारण नारायणघाट मुग्लिन सडक खण्डको बिभिन्न स्थानमा पहिरो खसेको छ । पहिरोको कारण बाटो अवरुद्द बनेको छ । 

पहिरो खसेर नौ किलो मा सडक भासिएको छ । सडक दुई फिट भासिएको छ । सडक भासिदा जुगेडीबाट मुग्लिनतर्फ जाँदै गरेको प्र३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप फसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । त्यस्तै पृथ्वी राजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेको छ । दुई वटा स्काभेटरले पन्छाउन थालेकोचितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । इच्छाकामना–३ मौवाखोला, पानीधारा र दतिखोलामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको अरनिकोको राजमार्ग स्थित बाह्रबिसे– तातोपानी कोदारी सडक खण्डमा आवतजावतमा समस्य भोटेकोसी गाउँपालिका स्थित डाक्लाङमा बाटो अबरुद्ध भएको छ ।

लगातारको बर्षाका कारण पहिरोले घर परिदा एकै परीवारका आमा छोरीको ज्यान गएको छ ।

पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा स्थित आदिबासि जनजातीको भवन छेउको घरमा गएराति पहिरोले खस्दा  २४ बर्षीया  सपना  शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव  पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याईएको छ । उनीहरु फिदिम–४ मा डेरामा बस्दै आएका थिए । 

साथीको घरमा सुत्न आएका बखत उनीहरुलाई पहिरोले पुरेको हो । त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोले आदीवासी जनजाती महासंघ पाँचथरको भवन पनि पुरेको छ ।

पहिरोले घर पुरिदा पाख्रिवास नगरपालिका वडा नं. ५ गुरासे देवीथानमा आमाछोरीको मृत्यु भएको छ । मुत्यु हुनेमा ५० बर्षिय रामकुमारी तामाङ र ३५ वर्षिय आशा तामाङ छन् । रामकुमारी आमा र आशा छोरी हुन् । 

विहान करिव साढे तीन बजे ढुंगा माटो र काठपातले वनेको एक तले घरमा माथिबाट पहिरो खस्ने क्रममा उक्त घरभित्रमा राखेको सामान निकाल्न जाँदा आमाछोरीको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाबाट प्रहरी र शसस्त्रको टोली पुगेको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याएको छ । 

त्यसैगरी अविरल रुपमा परिरहेको वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति गरेको छ । छथरजोरपाटी गाउँपालिका वडा नं. ६ सिँधुवामा पहिराले गाइवस्तु राख्ने गोठ पुरिँदा दर्जनभन्दा वढी पशुचौपाय पुरिएको स्थानीय अर्जुन घिमिरेले बताए । 

अरुण र तमोर नदीमा पानीको वहाव वढ्दा तटीय क्षेत्रमा वाढीको त्रास वढेको छ । मुलघाट हुँदै पाँचथर, ताप्लेजुङ जाने तमोर कोरिडोर सडक खण्डको विभिन्न क्षेत्रमा अवरुद्ध वनाएको छ । सो क्षेत्रमा पर्ने नावा खोला, छरुवा लगाययत खोलामा वाढी आउँदा सवारी साधन आवजावतमा समस्या परेको छ । यी क्षेत्रमा पक्की हुन निर्माणधिन् छ । त्यस्तै भेडेटार रवि राँके सडकमा पनि पहिरो खसेर विभिन्न समयमा अवरुद्ध बनाइरहेको छ । यस्तै राप्ती राजमार्गको अन्तरर्गत दाङ सल्यान सडक खण्डको राम्रीमा सडक भासिदा पूर्ण रूपमा सडक अबरुद्ध भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार