मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भन्सार छलीका समानसहित एक जना पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
१९ श्रावण २०८३, मङ्गलबार

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले आज भन्सार छलेर ल्याइएका रु २३ लाखभन्दा बढी मूल्य बराबरका समान र इभी भ्यानसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–८ रत्नसागरबाट भन्सार छलेर ल्याइएको २८ कार्टुन बिस्कुट, ११८ प्याकेट नरिवल चकलेट र सो समान बोकेको बाप्र०६–००१ज ००८४ नम्बरको इभी भ्यान नियन्त्रणमा लिएको हो ।

रत्नसागरबाट मुजेलियातर्फ जाँदै गरेको इभीलाई रोकेर जाँच गर्दा भन्सार छलेर ल्याइएको उक्त समान बरामद भएपछि समान र इभी गाडीसहित चालक सिरहाको मिर्चैया नगरपालिका–९ धर्मपुर निवासी २० वर्षीय बाबुराम लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । बरामद गरिएका सामान र सवारीसाधनको अनुमानित मूल्य रु २३ लाख ३० हजार रहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । बरामद भएका समान र इभीलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार