जिल्ला हुलाक कार्यालय मुस्ताङले पहिलोपटक सेवाग्राहीको घरमै पुगेर हातैमा राहदानी ‘पासपोर्ट’ वितरण गर्दै । सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत जिल्ला हुलाक कार्यालका कर्मचारी टोलीले शुक्रबार घरपझोङ गाउँपालिका -३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीको घरमै पुगेर राहदानी हस्तान्तरण गरेको हो ।