मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीको नियन्त्रणमा

Ujyalosandeshonline 11005+ समाचार ( )
५ असार २०८२, बिहीबार

राहुल राय  

सिरहा । सिन्धुलीको जंगलबाट चोरी तस्करी गरी ल्याइरहेको सालको काठसहित  दुईवटा पिकअप भ्यान सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीसहित दुई जना चालकहरु पनि पक्राउ परेका छन् ।

सिरहाको मिर्चैया नगरपालिका ७ फुलबरिया गाउँमा अवस्थित प्रहरी चेकपोष्टलाई छलेर भगाइएको पिकअप भ्यानलाई पिछा गर्दै रोकेर चेकजाँच गर्दा ती दुई गाडीहरुबाट सालको काठ बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको दुई गाडी प्रदेश ३–००१ च –७१४४ र प्रदेश १ –००१ च ८५९५ रहेका छन् ।पक्राउ गरिएको गाडी र बरामद भएको काठ इलाका प्रहरी कार्यालय मिर्चैयाले मुचुल्कासहित डिभिजन वन कार्यालय लहानमा बुझाएको छ ।

डिभिजनल वन कार्यालयले सुरुमा काठसहितको गाडी बुझ्न आनाकानी गरेपनि मिडियाहरुमा खबर सार्वजनिक भएपछि बुझिलिएको थियो । पक्राउ परेको काठ गोलबजार नगरपालिका ४ स्थित गौरव समिलको रहेको मिल सञ्चालक करिया भन्ने श्याम गुप्ताले स्वीकार गरेका छन् । उनले भने,‘उक्त काठ मैले दाउराका लागि सिन्धुलीबाट खरिद गरेर ल्याएको हुँ ।’

तर सालको काठ दाउरा हुने लायकको नभई चिरान र गोलिया साइजको रहेको छ । पक्राउ परेको काठको कटान आदेश, एक जिल्लाबाट अर्को जिल्ला लैजाने अनुमति केही कागजपत्र नभएको प्रहरीले जनाएको छ । गौरव समिलका सञ्चालक काठ तस्करीमा बारम्वार पक्राउ पर्ने र वन कर्मचारीहरुसँग सेटिङ्गमा छुट्ने गरेका छन् ।

यसअघि उनी २०८० कार्तिक १८ मा पनि प्रतिवन्धित  करम जातको जंगली काठ २५० क्युबी फिटसहित पक्राउ परेका थिए । तर नियामक निकायलाई मिलाएर उनी रिहा भएका थिए । सिरहा, सप्तरी उदयपुर र सिन्धुलीको जंगलबाट काठ तस्करी गरेर समिल चलाउनु उनको धन्दा नै बनेको छ । यस क्षेत्रमा श्याम गुप्तालाई वन विनाशक वा काठ तस्कर भनेर चिनिन्छ ।

सालको अवैध काठसहित पक्राउ परेका गाडी तथा काठ छुटाउन ठूलो चलखेल हुन थालेको छ । राजनीतिक दलका नेता, सांसदहरु पनि गुप्ताको काठ तथा गाडी छुटाउन सिफारिस गरिरहेको वनका कनिष्ट कर्मचारीहरुले जानकारी दिएका छन् । अनुसन्धान अधिकृतलाई काठलाई दाउरा बनाएर मुद्दा हुलुका गराउने र छुटाउने प्रयास सुरु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार