मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

योजना आयोगको रणनीति नै कमजोर छ : अध्यक्ष ढकाल

Ujyalosandeshonline 12441+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्तर उन्नतिबाट फाइदा लिनेगरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल कम विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने र स्तर उन्नतिबाट कम घाटा भइ फाइदा लिने गरी योजना आयोगले बनानएको रणनीति नै कमजोर रहेको बताए ।  

उनले भने,‘स्तर उन्नतिबाट कम घाटा भइ फाइदा लिने योजना आयोगले रणनीति बनाएको चाँही छ तर उक्त रणनीतिको आधार खासगरी निजी क्षेत्रको तर्फबाट हेर्दा कमजोर छ ।’

उनले स्तर उन्नतिबाट विश्व सामु नेपालको प्रतिष्ठा बढ्ने, वैदेशिक लगानी बढ्ने जस्ता फाइदाहरु भएपनि यूरोपियन मूलुकहरुमा निर्यात हुने,भन्सार रहित बजार पहुँच साथै अतिकम विकसित मूलुकले पाउने विकास सहायताहरु बन्द हुने सम्भावना रहेको बताए ।

साथै यसबाट कम विकसित मूलुकको रुपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरु बन्दहुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजनाहुने उनको भनाई छ । 

‘नेपालले सन् २०२६ मा एलडिसी भित्रमा अति कम विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने भएको छ । हामीले स्वदेशमा मागहरु क्म भइरहेको अवस्थामा बाहिरको बजार खोज्नुपर्ने अथवा प्रोडक्टहरुलाई अझै बाहिर निर्यात गर्नुपर्ने आवश्यकता झन् बढेको छ ।

स्तर उन्नतीबाट एकातिर विश्वसामु नेपालको प्रतिष्ठा बढ्ने वैदेशिक लगानी बढ्ने जस्ता दुरगामी फाइदाहरु चाँहीछन्’ उनले भने,‘तर अर्को तर्फ यूरोपियन मूलुकहरुमा निर्यात हुने भन्सार रहित बजार पहुँच साँथै अतिकम विकसित मूलुकले पाउने विकास सहायताहरु अन्र्तगतका सहायताहरु बन्द हुने सम्भावना छ । यसबाट विदेशी बजार पनि गुम्दै जाने छ । अतिकम विकसित मूलुकको रुपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरु बन्द हुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था देखिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार