मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ : प्रवक्ता डा.महत

Ujyalosandeshonline 11026+ समाचार ( )
१४ पौष २०८१, आइतबार

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताएका छन् ।

नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली कांग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उनले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवी कायम राख्न कांग्रेस सफल हुँदै आएको बताएका हुन्  ।    

प्रवक्ता डा. महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्काशन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्दतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको उनको दाबी थियो । सो अवसरमा डा. महतले आगामी २०८४ सालको चुनाव नुवाकोटबाट लड्ने घोषणा गरेका छन् । उनले भने, ’म ०८४ सालको चुनाव यहीं (नुवाकोट) बाटै लड्छु ।’

प्रशिक्षणमा प्रतिनिधिसभा सदस्य सीता मिजार, कांग्रेस नुवाकोट सभापति रमेशकुमार महत, नेता डा केदारनरसिंह केसी, कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली, रसुवा सभापति प्रभात तामाङ, तरुण दल १ नंं क्षेत्रीय अध्यक्ष शरण घलेलगायतले पार्टीमा युवाको सहभागिताका लागि भातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार