मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

शितगंगा नगरपालिकामा अब वडा कार्यालयबाटै योजना सम्झौता

Ujyalosandeshonline 11009+ समाचार ( )
३० कार्तिक २०८२, आइतबार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले स्थानीय बासिन्दाको सुविधाका लागि नयाँ व्यवस्था लागू गरेको छ । अब योजना सम्झौताका लागि पालिकाको कार्यालय धाइरहनु पर्ने छैन, वडा कार्यालयबाटै सबै प्रक्रिया पूरा गर्न सकिनेछ। यसले स्थानीयको समय र भाडा खर्च बचत हुने भएको छ ।

स्थानीय रेसम बन्जाडेका अनुसार, यो व्यवस्थाले सेवा सहज भएको छ । नगरपालिकाले योजना सम्झौताका साथै उपभोक्ता समितिलाई विस्तृत प्रशिक्षण पनि दिएको छ । योजना अधिकृत नुमलाल खनालले गुणस्तरीय काम, लागत अनुमान र प्राविधिक समन्वयका बारेमा प्रशिक्षण दिएका थिए।

नगरपालिकाले आवश्यक फाराम, सूचनापुस्तिका र मार्गदर्शन सामग्री उपभोक्ता समितिलाई वितरण गरेको छ। वडा अध्यक्ष केशव बेल्वासेको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष बेल्वासेले गुणस्तरीय कार्यान्वयनका लागि दक्ष श्रमशक्ति र समयमै अनुगमनमा जोड दिए ।

यस वर्ष वडा नम्बर १० मार्फत ठेक्का तथा नियमित कार्यक्रम बाहेक १४ वटा योजना सञ्चालन गरिनेछ । वडास्तरमै योजना सुरु गर्न सकिने भएकाले समयमै काम सम्पन्न र गुणस्तर सुनिश्चित गर्न सजिलो हुने अपेक्षा गरिएको छ। यो कदमलाई नागरिकमैत्री र प्रभावकारी सार्वजनिक सेवा अभ्यासको रूपमा लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार