परासी । प्रहरीले सुस्ता गाउँपालिकास्थित नारायणी नदी किनारका बाढी जोखिमयुक्त बस्तीहरूमा पुगेर स्थानीयलाई सचेत गराएको छ। प्रमुख प्रहरी निरीक्षक शिव कुमार क्षेत्री र प्रहरी सहायक निरीक्षक थमन बहादुर ठाडाको टोलीले माइकबाट सम्भावित बाढी र डुबानको खतरा र त्यसबाट बच्न अपनाउनुपर्ने उपायहरूबारे जानकारी दिएको हो। प्रहरीले बाढीबाट हुन सक्ने मानवीय र भौतिक क्षति रोक्न सतर्क रहन सबैमा अनुरोध गरेको छ।