मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

नयाँ वर्षमा टाइगर प्यालेस बाइ साेल्टीमा 'कुटुम्ब ब्याण्ड'काे प्रस्तुति

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

भैरहवा- रुपन्देहीको तिलाेत्तमा-१५, स्थित पाँच तारे रिसाेर्ट टाइगर प्यालेस बाइ साेल्टीले नेपाली नयाँ वर्षलाई विशेष बनाउने भएकाे छ ।
रिसाेर्टले स्वदेशी र बिदेश पाहुनालाई लक्षित गरेर नयाँ वर्षकाे पहिलाे दिन मुलुककै चर्चित सांगीतिक ब्याण्ड कुटुम्बकाे प्रस्तुति राखेकाे छ । आगामी बैशाख १ गते रिसाेर्टमा आउने पाहुनाकाे नयाँ वर्ष विशेष तुल्याउन सस्ताे प्याकेज समेत घाेषणाा गरिएको छ ।
टाइगर प्यालेस बाइ साेल्टीका जनरल म्यानेजर (जीएम) अग्निमित्र शर्माका अनुसार नयाँ वर्षका दिन साँझ ७ देखि ११ बजेसम्म विशेष सांगीतिक कार्यक्रम आयाेजना गरिएको छ । यसक्रममा साँझ ८ देखि १० बजेसम्म कुटुम्ब ब्याण्डकाे प्रस्तुतिमा झुम्दै पाहुनाले खानपिनकाे मजा लिन सक्ने व्यवस्था गरिएको छ ।
जीएम शर्माका अनुसार १० देखि साढे ११ बजेसम्म डीजे म्युजिककाे व्यवस्था गरिएको छ । रिसाेर्टकाे क्याभना क्षेत्रमा डीजेकाे तालमा पाहुना र उपस्थित दर्शक नाच्न पाउनेछन् ।  रिसाेर्टले उक्त दिनका लागि सस्ताेमा  खानपिन प्याकेजसंगै सहभागीलाई विभिन्न उपहार, पुरस्कारकाे समेत व्यवस्था गरेकाे शर्माले जानकारी दिए ।
रिसोर्टले पाहुना र दर्शकका लागि स्थानीय र अन्तर्राष्ट्रिय परिकारकाे समेत व्यवस्था गर्ने जनाएको छ । रिसाेर्टमा आउनेले त्यसदिन नेपाली संगितसंगै रैथाने र बिदेशी परिकारकाे आनन्द लिन पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार