मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |
मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |


सनातन परम्परामा साउने संक्रान्ति र लुतो फाल्ने चलन

सबिता नयाँजू 5+ समाचार ( )
पण्डित वरदान थपलिया
२ श्रावण २०८२, बिहीबार

सनातन परम्परा अनुसार साउने संक्रान्तिमा लुतो फाल्ने चलन छ । यस महिनालाई शारीरिक रुपमा पनि हेर्न सकिन्छ ।  लुतो फाल्ने चलन सनातन संस्कृतिमा धेरै नै महत्व रहेको पाइन्छ । त्यसमा पनि नेपालीहरुको विशेष मौलिक परम्परा बनिसकेको छ ।

हरेक महिनाको सङ्क्रान्ति जस्तै श्रावण सङ्क्रान्तिको विशेष महत्व छ । हामीले के बुझ्नुपर्छ भने कालक्रमको गणना दुई तरिकाले गरिन्छ । एउटा सूर्य र अर्को चन्द्रमाको गति अनुसार गणना हुन्छ । सङ्क्रान्ति भन्ने वितिकै सूर्यले एक राशिबाट अर्को राशिमा परिवर्तन हुने दिन नै सङ्क्रान्ति हो । हामीले भन्ने गरेको साउने सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिन हो । मिथुनबाट कर्कटमा प्रवेश गर्दा साउने सङ्क्रान्ति हुन्छ । साउन महिना चन्द्रमाको नक्षत्रको गति अनुसार पनि नामाकरण गरिएको हो । 

जुन महिनामा पूर्णिमा श्रवणनक्षत्र हुन्छ त्यो श्रावण महिना हो । श्रावण महिनाको महत्वको व्याख्या एकातर्फबाट मात्र गर्न सकिदैन  । यसको धार्मिक महत्व पनि छ, सांस्कृतिक महत्व पनि छ, प्राकृतिक महत्व पनि छ, ज्योतिषिय हिसावले पनि महत्व छ । 

जोतिषिय हिसावले व्यख्या गर्दा सूर्य मिथुन राशिबाट कर्कटमा प्रवेश हुन्छ । त्यो दिनबाट सूर्यको गति दक्षिणायन हुन्छ । दक्षिणायन आरम्भ हुने दिन देवताहरुको दिन सकिएर रात सुरु हुन्छ । श्रावण १ गतेबाट देवताहरुको रातको समय सुरु हुन्छ । यो ६ महिना रहन्छ । 

त्यसपछि माघ महिनाको मकर सङ्क्रान्तिको विशेष महत्व आउने गर्छ । माघबाट सूर्य उत्तरायण हुन्छन् । प्राकृतिक रुपमा हेर्दा श्रावण महिना वर्षा ऋतु हो, वर्षाका कारण पूरै प्रकृति नै हराभरा बनाउने काम श्रावण महिनाले गर्दछ । अन्न उब्जिनेदेखि प्रकृतिको प्राण भरिदिने काम पनि श्रावण महिनाले गर्दछ । यस्तै सांस्कृतिक महत्व पनि उस्तै रहन्छ 


लुतो फाल्ने चलन

सनातनी परम्परा अनुसार साउने संक्रान्तिमा लुतो फाल्ने चलन छ । त्यसैले यो महिनालाई शारीरिक रुपमा पनि हेर्न सकिन्छ ।  लुतो फाल्ने चलन सनातन संस्कृतिमा धेरै महत्व छ । त्यसमा पनि नेपालीहरुको विशेष मौलिक परम्परा नै हो । नेपाल कृषि प्रधान देश हो । कृषिमा आधारित जीवन पद्धती छ । कृषिकर्म गर्दा धुलो, मैलो, हिलो, फोहोर सबै हुन्छ । त्यसले गर्दा हामीमा विभिन्न प्रकारका रोगहरु उत्पन्न हुन्छन् । रोगहरुलाई हाम्रो शास्त्रले पाप भनेको छ । त्यसकारणले गर्दा फोहोरले गर्दा उत्पन्न हुने जतिपनि रोगहरु छन् त्यसको निराकरण गर्नको लागि साउने संक्रान्तिको दिन लुतो फाल्ने परम्परा  छ । यो चर्म रोगसँग सम्बन्धित छ । 

यस दिन सबै प्रकारका वनस्पतिहरुलाई जम्मा गरिन्छ ।  र बेलुकीपख मठको अगाडि एउटा मण्डप जस्तो बनाएर पूजा रिन्छ । त्यसक्रममा  अग्नि देवताको पूरा गर्ने चलन छ । अग्नि देवताका रुपमा अगुल्टोको प्रयोग गरिन्छ । अगुल्टोको पूजा गरेर शरीरमा भएका सबै रोग, दाग, लुतो भागोस भनेर शरीरतिर घुमाएर फाल्न चलन छ ।  

लुतो फाल्ने परम्परा नेपालका विभिन्न भेगमा फरक फरक तौर तरिकाहरु छन् । प्रत्येक १० मिनेटको अन्तरमा भाषा वा भेषभुषामा परिवर्तन गर्ने गरिन्छ । जिल्ला वा क्षेत्रमा फरक परम्परा छ । तर लुतो फाल्ने भन्ने संस्कृति चाहीं देशभर नै समान छ । प्रक्रिया र विधिमात्र ठाँउ अनुसार फरक हुन्छ । अरु परम्परापनि ठाँउ अनुसारको फरक नै हुन्छ । 

लुतो भन्ने शब्दनै वास्तवमा नेवारी भाषासँग सम्बन्धित छ । यसमा नेवारी परम्परा पक्कैपनि जोडिएको हुनुपर्छ । हिन्दु धर्म मान्ने सबैसँग सम्बन्धित छ । यदि यो परम्परा हराएको भएपनि सुरु गर्नुपर्छ । हाम्रो शरीरमा भएको रोग हटाउनका लागि भएपनि मनाउनैपर्छ । 

मानव जाति प्रकृति भन्दा भिन्न हुन वा अलग रहन सक्दैन् । हामी प्रकृतिसँगै रम्न चाहन्छौँ ।  किनभने प्रकृतिबाटै सबैकुरा उत्पन्न हुन्छ । त्यसैले श्रावन महिना बर्षा ऋतु हो । यस ऋतुमा पुरै हरियाली हुन्छ  । प्रकृतिसँग तालमेल मिलाउन पनि यो आवश्यक छ । या प्रकृतिसँग अनुकरण गरिएको छ ।

किनभने सबै रंगको आफ्नो आफनै महत्व छ । हरियो भन्ने वित्तिकै सबै हराभरा, मनै आनन्दित बनाउने बनाउने रगं हो । पहेँलेको पनि तालमेल हरियोसँग मिल्न जान्छ । बिज हरियो रगंको हुन्छ फल पहेँले रगंको हुन्छ । त्यसैले सृष्टिदेखि अन्त्यसम्मको जुन संयोग हो त्यसमा हरियो र पहेंलोलाई जीवन दर्शनसम्म जोड्न सकिन्छ । 

श्रावणको सोमबारको विशेष महत्व छ । सोमबारका दिन तीन वटा पात भएको वेल पत्र र दुधले मात्रै अपर्ण गर्दा पनि मनकामना पूरा  हुन्छ भनिन्छ । हुनत सबै सोमबारको उत्तिकै महत्व छ । तर पनि श्रावणको सोमबार वा श्रावण शिवजीको महिना भएकाले पनि यो विशेष मानिन्छ । विशेषगरि महिलाहरु ब्रतको लागि आकर्षित हुन्छन् । धर्मकर्मप्रति पुरुषहरुले अलि बेवास्ता गरेको हो कि जस्तो लाग्ने कुरा वास्तवमा गलत छ ।  पुरुषको लागि पनि श्रावणको व्रत अनिवार्य छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार