मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आम नागरिक जोडिनेगरी बीमा कार्यक्रम अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ असार २०८२, आइतबार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिनेगरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताएका हुन् । 

उनले भने, ‘राज्यले बीमा कम्पनीहरूलाई सुविधाहरू दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’ मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम गर्ने बताए । 

‘चाँडै नै कार्यदल बनाउँछौं र त्यसका आधारमा काम गर्दछौं,’ उनले भनेका छन् । बीमाका विविध पक्षहरूका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए । 

बीमा कम्पनीहरूले बीमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने काम पनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बीमाको प्रक्रिया लम्ब्याएर झन्झट दिएर आम नागरिकलाई दुःख दिन नहुने धारणा राखे । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बीमा प्राधिकरणका अध्यक्षलगायत कोशी प्रदेशका बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार