मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

चौपाया छोड्नेलाई सात हजार जरिवाना

Ujyalosandeshonline 11474+ समाचार ( )
१० माघ २०८१, बिहीबार

लुम्बिनी । आफ्ना चौपायाहरु जथाभावी छाडा छोड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना गराउने भएको छ । नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ । 

अभियान अन्तर्गत हालसम्म ७८ वटा गाई गोरुको व्यस्थापन गरिएको छ । त्यसमध्ये छाडा चौपाया आफ्नो भनी दाबी गर्न आएका दुई जनालाई सात हजार जरिवाना गरेर गाई जिम्मा लगाइएको नगरपालिकाका प्रवत्ता एवं छाडा चौपाया नियन्त्रण अभियानका संयोजक भोला यादवले जानकारी दिनुभयो। 

छाडा चौपाया निन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवना गराई आइन्दा छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।

छाडा चौपायाले सडकमा सवारी साधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले जानकारी दिनुभयो ।

"विशेषगरी छाडा गाइगोरुले नगरमा बढी समस्या ल्याएको छ," उहाँले भन्नुभयो, "छाडा गाईगोरुका कारण सडक दुर्घटनाको जोखिमको साथै मलमूत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्ने गरेका छन् ।"

सिद्धार्थनगरमा बर्सेनि छाडा गाईगोरुको समस्या विकराल बन्ने गरेको छ । गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउन बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखेट्ने र केही किसानले दिनभरि बजारका फलफूल, तरकारी पसल आसपास छाडी रात परेपछि घर लैजाने प्रचलनले नगरमा छाडा गाईगोरुको समस्या बर्सेनि दोहोरिने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभयाे । 

नगर प्रमुख खानले सिद्धार्थनगरमा छाडा गाईगोरु तथा चौपाया नियन्त्रणका लागि लगातार तेस्रो वर्षसम्म अभियान सञ्चालन गरेको हाे । बजारमा छाडारुपमा हिँडिरहेका चौपायालाई नियन्त्रणमा लिएर अस्थायी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँबाट कपिलवस्तुको बाणगङ्गा नगरापलिका वडा नं २ मा रहेको गौशालामा लगेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार