मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मुगालीहरूले बजारको खाद्यान्नभन्दा सरकारी खाद्यान्नलाई बढी प्राथमिकता दिन थाले

दान बहादुर बुढा 45+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

मुगु । मुगुमा कुनै बेला सरकारी खाद्यान्न गोदाम खाली हुने, त कहिल्यै भोकमरीको समाचार बाहिर आउने गरेको थियो । पछिल्लो समयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा ११ प्रकारका खाद्यान्न, तेल, चिनी, दाल बजारमा बिक्री गर्ने व्यापारीहरूभन्दा सस्तो र सहज उपलब्ध गराउन थालिएको छ । यसले गर्दा पछिल्लो समयमा मुलागीहरूले बजारको भन्दा सरकारी खाद्यान्नलाई बढी प्राथमिकता दिन थालेका छन् ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले मुगुमा अरुवा मोटा, जिरा, सोना, सोना मध्य, बासमती, मसिनो, मन्सुली, भिटामिनयुक्त जस्ता ३० केजीको बोरामा चामल उपलब्ध गराउन थालेको छ । यसले गर्दा बजारमा बिक्री हुने चामलको मूल्यभन्दा ३ सयदेखि ५ सयसम्म सस्तो मूल्यमा खाद्यान्न उपलब्ध भइरहेको छ ।

गत आवको १२ महिनामा ८ करोडसम्मको खाद्यान्न कारोबार भएको थियो । यो आ.व. ०८१÷०८२ मा मात्रै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले गमगढीबाट ५ करोड ४५ लाख ८६ हजार २ सय ७० रुपैयाँ, सेरुकोट डिपोबाट ५४ लाख ४० हजार ८ सय १० रुपैयाँ, श्रीकोट डिपोबाट ९४ लाख ३० हजार २ सय २५ रुपैयाँ, र पुलु डिपोबाट ६५ लाख २० हजार गरी ७ करोड ५९ लाख ७७ हजार ३ सय ५ रुपैयाँको कारोबार गरेको थियो । साउनदेखि फागुनसम्मको बिक्री वितरण गत वर्षको तुलनामा यस वर्ष बढी भएको देखिएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख जयचन्द्र न्यौपानेले बजारभन्दा सस्तो, राम्रो र सहज रूपमा ७ प्रकारका चामल र अन्य खाद्यान्न जस्तै तेल, चिनी, दाल बिक्री भइरहेको बताए ।

पूर्वका वर्षहरूमा चामल लिनको लागि बिहानैदेखि लाइनमा बस्नुपर्ने र दिनमा १० केजी चामल लिन ठूलो युद्ध जित्ने जस्तो परिस्थिति थियो । अहिले भने खाद्यान्न सस्थानमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आफ्ना आर्थिक स्थितिअनुसार चामल किन्ने सुविधा उपलब्ध भएको छ ।

बजारको चामलभन्दा सरकारी खाद्यान्नको चामल एक प्याकबाट ३ सयदेखि ५ सयसम्म सस्तो मूल्यमा पाउने र अन्य बचेका रकमले घरमा थप चिनी, तेल र साबुन किन्ने गरेको स्थानीय प्रेमदेवी बुढाले बताएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार