मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

साई ग्लोबल कपः युनिक होम र बुटवल कालिका सेमिफाइनलमा

Ujyalosandeshonline 11474+ समाचार ( )
२४ पौष २०८१, बुधवार

भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार भएका दुई खेलमा युनिक होम र बुटवल कालिका क्याम्पस विजयी हुँदै सेमिफाइनल पुगेका छन् छन् । युनिक होमले राममणि क्याम्पसलाई ७ विकेट र कालिकाले भैरहवा नमूना उच्च माविलाई ४५ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । यसअघि प्यारामाउण्ट कलेज र रुपन्देही क्याम्पस सेमिफाइनल पुगिसकेका छन् ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको राममणिले निर्धारित २० ओभरमा १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनायो । उसका लागि थमन सिंजालीले ३३, प्रतीक भट्टराईले २२ र निशान पाण्डेले १३ रन बनाए । बलिङमा युनिक होमका अरुण सिंहले ३, इकलाख अहम्मद वारिसले २ तथा सविर आलम, निश्चल चौधरी र फैजन खानले समान १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको युनिक होमले १८ ओभरमा ३ विकेट गुमाउँदै १ सय १२ रन बनाई सहजै जित निकाल्यो । उसको जितमा निश्चल चौधरीले अविजित ४८, इकलाख अहम्मद वारिसले नटआउट ३६ र सन्तोष यादवले १४ रनको योगदान दिए । बलिङमा राममणिका विकल अधिकारीले २ तथा एरिक केसीले १ विकेट लिए । खेलमा इकलाख अहम्मद वारिस प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल कालिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १ सय २९ रन बनायो । उसका लागि प्रज्वल थापाले ६८ रनको अर्धशतकीय पारी खेल्दा रन्जित खड्काले १४ र आकाश अर्यालले १२ रन बनाए । बलिङका भैरहवा नमूनाका पिन्टु साहनीले ३, इरफान खानले २ तथा दीपेन्द्र मल्लाह, सन्नी गौतम र अमित यादवले १–१ विकेट लिए ।

प्रतिउत्तरमा भैरहवा नमूना १९ ओभर १ बलमा सबै विकेट गुमाएर ८४ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि पिन्टु साहनीले २३, समिर अलीले १८, इरफान खानले १५ र साहीन खानले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा बुटवल कालिकाका अभिषेक गौतमले ४, प्रज्वल थापाले ३ तथा विपिन भट्टराई, विवश खाती र गगन अधिकारीले समान १–१ विकेट लिए । प्रज्वल थापा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार