खुलामञ्चबारे बोले बालेन, ‘भ्रमको पछि नलागौं’

Ujyalosandeshonline 11033+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले खुलामञ्चमा खेल मैदान बनाउँदैछ भनेर आम मानिसमा भ्रम सिर्जना गरिएको बताएका छन् । 

बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मेयर शाहले कर्मचारी र प्रमुखको सचिवालयबाट जानकारी गराउँदा पनि खुलामञ्चमा प्लास्टिकको दुबोसहितको पाँच करोडको लगानीमा खेल मैदान बन्ने समाचार आउनु दुखःद भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘विगत केही महिनादेखि काठमाडौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन् । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुःखद छ । यसले आममानिसमा भ्रम सृजना गरेको पाइयो ।’

राजधानीको खुलामञ्च सधंै खुलै हुनुपर्ने महानगरको चाहना भएको बताउँदै उनले त्यो खुलामञ्च बहुउपयोगी महत्वको बनोस् भन्नेमा आफू सचेत रहेको बताएका छन् । 

उनले लेखेका छन्, ‘खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकुन्, बच्चाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरु त्यही खुलामञ्चमा राख्न पाइओस् ।’ 

महानगरले विगत १० महिलादेखि खुलामञ्मा थुप्रिएका कंक्रिट हटाएको भन्दै यसलाई सहज बनाउन अर्को प्रक्रियाको थालनी भइरहको उनको भनाइ छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै