मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

कृषि क्षेत्रका समस्या पहिचान तथा समाधानमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनिल नेपाली 141+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

अर्घाखाँची । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, सन्धिखर्कको आयोजनामा मालारानी गाउँपालिकामा कृषि क्षेत्रका समस्या पहिचान तथा समाधानमूलक अन्तरक्रिया कार्यक्रम मंगलबार  सम्पन्न भएको छ। कार्यक्रममा सरोकारवालाहरूले स्थानीय आवश्यकता, वातावरण, र कृषकको पहुँचका आधारमा योजना तय गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईले मन्तब्य राख्दै कृषि कार्यक्रमलाई स्थानीय स्तरमै समन्वय गरेर अगाडि बढाउनुपर्नेमा जाेड दिए । उनले कृषकलाई सेवा लिन जिल्लासम्म धाइरहनु नपर्ने गरी स्थानीय सरकारले उपलब्ध गराउने बताउदै कागजी प्रक्रिया सरल बनाउनु आजको आवश्यकता रहेको जिकिर गरे ।”पालिकाभित्र रहेका बाख्रा, कफी र सुन्तला जोनहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आम कृषक लाभान्वित हुनेछन " उनले भने " किसानहरु पनि अनुदानमा मात्रै निर्भर हुनु हुदैन ।"

प्रमुख प्रशासकीय अधिकृत  गाेविन्द भट्टराईले मन्तब्य राख्दै  कृषकका वास्तविक आवश्यकताका आधारमा योजना बनाइनुपर्नेमा जोड दिँदै योजना दोहोऱिन नदिन अनुदान प्रक्रिया स्पष्ट पार्न आवश्यक रहेको बताए ।कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू कार्यापालिका सदस्य पत्रकार तथा कृषक सरोकारवालाहरूले बाख्रा, कफी र सुन्तला जोन कार्यक्रमलाई आवश्यकता अनुसार परिमार्जन गरी प्रभावकारी समन्वयका साथ कार्यान्वयन गर्न सुझाव दिएका थिए। प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन इकाई अर्घाखाँचीका प्रमुख विष्णु मगरातीले २०७४/०७५ देखि २०८१/८२ सम्म जिल्लामा सञ्चालनमा रहेका तरकारी, बाख्रा, कफी र सुन्तला जोन कार्यक्रमबारे जानकारी गराएका थिए ।

सहभागी जनप्रति स्थानीय तहको सक्रिय समन्वय, आवश्यकता अनुरूपको योजना तथा कृषकको पहुँचमा आधारित सेवा प्रणालीले मात्रै कृषि आधुनिकीकरणको लक्ष्य हासिल गर्न सकिने कार्यक्रम सहभागीहरूको निष्कर्ष रहेको छ। कार्यक्रममा जिल्लाकाे कृषि क्षेत्रकाे बारेमा परियोजना प्रमुख बिष्णु मगराती मालारानी गाउँपालिका कृषि शाखा प्रमुख बिमल केसी पशु विकास शाखा प्रमुख डा साेनिका न्याैपाने अनुशिक्षण दिएका थिए ।  कम्प्युटर अपरेटर मनाेज खनालको सञ्चालनमा  कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार