मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नक्कली मदिरा विक्री गर्ने नौं जना सार्वजनिक

Ujyalosandeshonline 12431+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडौं । प्रहरीले काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गर्ने नौं जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडा लिएर नक्कली मदिरा तयार गर्ने स्थानमा छापा मारेर नौं जनालाई नियन्त्रणमा लिएको हो ।

उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा उत्पादन गरी कालोबजारी गरिरहेको भन्ने सूचनाको आधारमा मंगलबार खटिएको विशेष प्रहरी टोलीले छापा मारेको थियो ।

कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरी बिक्री वितरण गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी –२ घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, खाँडादेवी –२ कै मुलपानी बस्ने २० वर्षका मनिष खत्री,रामेछापकै मजुवा –३ का मूलपानी बस्ने २३ वर्षका महेश खत्री, खाँडादेवी –२ कै ३६ वर्षका कोटेश्वर बस्ने विनोदकुमार काकी र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् ।

त्यस्तै सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा, सिन्धुलीकै मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विनोद कार्कीको थलीस्थित भाडाको कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा बनाइ कालोबजारी गर्ने गरेको पाइएको थियो ।

पक्राउ परेका नौ जना मिलेर बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्ने गरेका थिए । उनीहरुले नक्कली मदिराहरु बजार मूल्यभन्दा सस्तोमा दिने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।  

उनीहरुले नाम चलेका विभिन्न ब्राण्डका नक्कली मदिरा बेच्न आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । घटनाबारे थप अनुसन्धान गरी आवश्यक कानूनी कारबाही गर्ने राठौरले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार