मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

एसकेबीसी तेक्वान्दोमा लैनचौर च्याम्पियन

Ujyalosandeshonline 11474+ समाचार ( )
२८ पौष २०८०, शनिबार

काठमाडौं ।   लैनचौर तेक्वान्दो डोजाङले प्रथम एसकेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) ले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा लैनचौर ९ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो । दोश्रो भएको द नेक्स्ट लेभल तेक्वान्दोले ५ स्वर्ण, ४ रजत र १ कांस्य हात पा¥यो । ३ स्वर्ण, २ रजत र १ कांस्य जितेको तुखियाँ तेक्वान्दो डोजाङले तेश्रो स्थानमा चित्त बुझायो ।

टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा भएको प्रतियोगिताको पुरुषमा एसकेबीसीका सोहन तामाङ र महिलामा ढल्को तेक्वान्दो डोजाङकी यान्चेन लामा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका शिक्षा शाखा अधिकृत खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।दुईदिने प्रतियोगितामा करिब ५ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार