मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

भारतसँग सम्झौता कार्यान्वयन नेपालका मुख्य मुद्दा

Ujyalosandeshonline 11005+ समाचार ( )
१८ पौष २०८०, बुधवार

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेताहरुले नेपालसँगको सम्झौता कार्यान्वयनमा सरकारले जोडदिनुपर्ने बताएका छन् । द्रुतत्तर आर्थिक विकासमा अघि बढेको छिमेकी मुलुक भए पनि नेपालले अपेक्षित लाभ पाउन नसकेको नेताहरुको भनाइ छ ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका नेता तथा सांसद राजकिशोर यादवले नेपालले आफ्नो हितमा भारतसँगको सम्बन्धलाई बढावा दिनुपर्ने सुझाव दिएका छन् । ‘भारतसँगको हाम्रो व्यापार घाटा बढेर गएको छ, यो चिन्ताको विषय हो । हामी आयात गर्न बहादुर छौं । तर, निर्यात गर्न सकिरहेका छैनौं, उनले भने, ‘अब निर्यात बढाउनको लागि फोकस भएर काम गर्नुपर्ने हुन्छ ।’

भारतीय पक्षसँग कुरा गर्दा अब नेपाली कृषिजन्य उत्पादनहरु पठाउनेबारे विशेष छुटको माग राख्नुपर्ने उनले बताए । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापतिसमेत उनले भने,‘हाम्रो उत्पादनहरु भारतमा हामी के–के पठाउन सक्छौं ? खासगरी कृषिजन्य उत्पादनहरु भारत पठाउनेबारे विशेष छुट दिनुपर्छ भनेर भन्नुपर्छ ।’

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भारतीय विदेशमन्त्रीको भ्रमणले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा भएका सहमतिहरुलाई कार्यान्वयन गराउने वातावरण बनाउने बताए । ऊर्जा व्यापारलाई मूर्त रुप दिने काम हुने भनाइ उनले राखे ।

कांग्रेसका नेता रामकृष्ण यादवले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा दुई देशबीच उच्चस्तरीय वार्ता हुने र त्यस वार्तामा यसअघि भएका सम्झौता कार्यान्वयनबारे समिक्षा हुने जनाए । उनले भने,‘सरकार–सरकारबीच, हाम्रो बीचमा सीमादेखि विकासबारे जुन समस्या छन्, त्यसबारे समिक्षा हुन्छ ।’

एमाले नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा नेपालका सरकारले देशको हितमा अडान लिनुपर्ने बताएका छन् । नेपालले भोगिरहेको समस्याबारे जोडदार रुपमा आवाज उठाउन आवश्यक रहेको उनको भनाइ छ ।

भारतमा चिकित्सा अध्ययन गरिरहेका नेपालीहरुलाई त्यहाँ समान कामको समान ज्याला नरहेको र भारत भ्रमणका क्रममा नेपालीहरुले त्यहाँ सहज रुपमा सिमकार्ड नपाउनेलगायतका विषयमा पनि जोडदार रूपमा कुरा राख्नुपर्ने उनको माग छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार