गुल्मेली सम्पर्क समाजद्वारा स्थापना दिवसमा रक्तदान

Ujyalosandeshonline 11020+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवस  रक्तदान  तथा सम्मान कार्यक्रमसहित सम्पन्न गरेको छ । बिरामीलाई रक्त अभाव नहोस् भन्ने उदेश्यले समाजले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरेको हो ।

रुपन्देही व्यापार सङ्घद्वारा रक्तसञ्चार केन्द्र ( ब्लड बैंक ) उपकरण हस्तान्तरण  तथा तथा समुदघाटन कार्यक्रमका सन्दर्भमा समाजले रुपन्देही व्यापार सङ्घसँग सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । समाजका अध्यक्ष  डा. नारायणप्रसाद पन्थको अध्यक्षता,  रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपकप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा समाजसेबी भगतसिङ खड्काको विशेष आतिथ्यता भएको कार्यक्रममा समाजका अगुवा तथा  विभिन्न क्षेत्रमा बिशिस्ट योगदान गरेको ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 

 संस्थापक अध्यक्ष  तथा संरक्षक ई. हिराबहादुर भलामी,  शृङ्गेश्वर धामका अध्यक्ष तथा सल्लाहकार ऋषि भण्डारी , सल्लाहकार  टीकाराम घिमिरे , सल्लाहकार  लोकनाथ उपाध्याय , छोरी शिक्षा कार्यक्रम अध्यक्ष तथा सल्लाहकार ओमी पुन, ज्येष्ठ नागरिक मिलनकेन्द्रका अध्यक्ष  यदुनाथ पाण्डे, पूजा समिति तथा ज्येष्ठ नागरिकमिलन केन्द्र दैनिक कार्य सञ्चालन संयोजक नेत्रप्रसाद ज्ञवाली, गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखा अध्यक्ष केशवराज ज्ञवाली,  प्रथम आजीवन सदस्य नन्दराम भुसाललाई सम्मान गरिएको थियो । 

कार्यक्रममा रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपकप्रसाद अधिकारी , समाजसेबी भगतसिङ खड्का सम्मानित व्यक्तित्व तर्फबाट सल्लाहकार  टीकाराम शर्मा घिमिरेले मन्तब्य व्यक्त गर्नुहुँदै  सामाजिक कार्य  मार्फत सम्पर्क समाजले महत्त्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । 

 सम्मान कार्यक्रम संयोजक लक्ष्मण ज्ञवालीले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको उक्त  कार्यक्रम सञ्चालन  सचिव  भोजेन्द्र खत्रीले गर्नु भएको थियो भने  स्वागत   रक्तदान कार्यक्रम संयोजक हेम थापाले गर्नु भएको थियो । उहाँले रक्तदान कार्यक्रममा महिला पुरुष गरि २ सय ९७  जनाले रक्तदान गरेको जानकारी दिनु भयो । 

उक्त कार्यक्रममा सल्लाहकारमा  वरिष्ठ सर्जन कृष्ण खनाल, वासुदेव अर्याल, डिल्लीराज भट्टराई, मित्रलाल न्यौपाने, नन्दराम भण्डारी, केशवराज पोख्रेल, खडानन्द भण्डारी, पारसमणि भण्डारी, गोविन्द अर्याल र सुनिता जिसी लगायतको  उपस्थित रहेको थियो । 

 अध्यक्ष   डा. पन्थले सम्पूर्ण रक्तदाता महानुभावहरु, रुपन्देही व्यापार सङ्घ, रक्तसञ्चार केन्द्र बुटवल,  लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेसु डा. ईन्द्र ढकाल , सम्पूर्ण स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णमा हार्दिक धन्यवाद, आभार तथा कृतज्ञता व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै