मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका एक लाख युवाहरुलाई सडकमा ल्याउने

Ujyalosandeshonline 11467+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा बैशाख ११ गते काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दै छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्न लागेको एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिएका हुन् । यस्तै, उनले लोकतन्त्रलाई उत्सवको रुपमा मनाउन युवाहरु अघि बढ्नुपर्छ भन्ने धारणाले  एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवाहरुलाई सडकमा ल्याउने पनि बताए । 

उनले भने, ‘लोकतन्त्र प्राप्तीको, नेपाली जनताले विजयी गरेको दिनलाई ऐतिहासिक क्षणलाई नेपाली युवाहरुले सेलिब्रेशन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सव र उत्सवहरुको पनि महा उत्सवको रुपमा युवाहरु अघि बढ्नुपर्छ र एमालेभित्र रहेका ४० वर्षमुनिका युवाहरु यो उत्सवमा सहभागी हुन आएका छौं । तयारी अन्तिम चरणमा पुगिसकेको छ । भोलि एमालेका ४० वर्षमुनिका एक लाख युवाहरुलाई स्वागत गर्न, उत्सवमा सहभागि गराउन र लोकतन्त्र मनाउनको लागि तयारी पूरा भएको छ ।’ 

यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र भएको भन्दै उन्नत लोकतन्त्र ल्याउने संकल्पका साथ अगाडि बढ्न यो सेलिब्रेशन गर्न लागेको उनको भनाई छ । उनले भने, ‘अब यो देश निर्माण गर्ने हामी युवाको पालो हो र अब दशे बनाउछौ भन्ने संकल्पका साथ अगाडि बढ्ने घोषणाका साथ यो सेलिब्रेशन गर्दै छौ । हामी सबै युवाहरुको आवाज लोकतन्त्र जिन्दावाद । यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार