मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आगालागीमा तीन बालबालिकाको मृत्यु

Ujyalosandeshonline 12431+ समाचार ( )
४ चैत्र २०८०, आइतबार

विराटनगर । भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ । हतुवागडी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट स्थानीय रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा, ३ वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशको मृत्यु भएको हो । गोठमा खेलिरहेका बेला अचानक भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । दुई दिनयता भोजपुरको जंगल क्षेत्रमा फैलिएको डढेलोका कारण स्थानीय बासिन्दा प्रभावित बनेका छन् । बस्तीसम्म आगो फैलिएर आएपछि केही घर जलेको प्रहरीले जनाएको छ ।

शनिबार अपराह्न र साँझ गरी मोरङ, भोजपुर र तेह्रथुममा भएका आगलागीमा ३२ वटा घरहरु जलेर नष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको उल्लेख गर्दै प्रहरीले आगलागीको मौसम सुरु भएकाले सजगता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार