नेपालमाथि लागेको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह

Ujyalosandeshonline 11469+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष  जेरि बट्टिमर बिच आज(सोमबार) भेटवार्ता भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरे ।

उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयूको सक्रिय सदस्य भएका कारण नेपाली बिमान माथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन  सकारात्मक पहल गर्ने र त्यसको परिणाम आउने कुरामा विश्वस्त रहेको बताए ।

उनले आयरल्याण्डमा नेपाली विद्यार्थीका लागि छात्रबृत्ति बढाउन आग्रह गर्दै  त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको बिकास र समृद्धिमा लगाउन सकिने विश्वास पनि ब्यक्त गरे ।

भेटवार्ताका क्रममा अध्यक्ष बुटिमेरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने बिषयमा संवाद र छलफल अगाडी बढाउने विश्वास दिलाए । बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान नेपाल आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) , सभामुख देबराज घिमिरे  र परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नारायणहिटी दरबार संग्राहलय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्यम्भू लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार