मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रिपब्लिका दैनिक र द न्यूयोर्क टाइम्सको सहकार्यमा नेपालमा ‘डिजिटल सब्सक्रिप्शन’ सुरु

Ujyalosandeshonline 11540+ समाचार ( )
३० अशोज २०८१, बुधवार

काठमाडौं । रिपब्लिका दैनिक र द न्यूयोर्क टाइम्स प्रकाशनले नेपालमा पहिलो पटक ‘डिजिटल सब्सक्रिप्शन’ सुरु गरेका छन् । नेपाल रिपब्लिक मिडियाले विश्व प्रसिद्ध मिडिया द न्युयोर्क टाइम्ससँगको सहकार्यमा नागरिक दैनिक र रिपब्लिक डेलीको डिजिटल सदस्यता सुरु गरेको हो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र न्युयोर्क टाइम्स अन्तर्राष्ट्रियका अध्यक्ष स्टेफन डनबार जोन्सनले संयुक्त रूपमा नेपालमा न्युयोर्क टाइम्सको डिजिटल सब्सक्रिप्सनको सुरुवात गरेका हुन् । 

अमेरिकी सञ्चार संस्था द न्युयोर्क टाइम्स र नेपाल रिपब्लिक मिडियाबीच डिजिटल पेवालमा सहकार्य गरी विभिन्न प्लाटफर्ममा आफ्ना प्रयोगकर्तालाई वृहत् पहुंच दिने भएका छन् । 

अबदेखि न्युयोर्क टाइम्सका समाचार, खेल, पाककला, श्रव्य, वायरकटर, दि एथलेटिकलगायतका सामग्रीमा डिजिटल ग्राहकको पूर्ण पहुँच हुनेछ । यसबाट समाचारमा विशेष रिपोर्टिङका साथै सांस्कृतिक समाचार र विश्लेषण पनि प्राप्त गर्न सकिन्छ । 

नेपाल रिपब्लिक मिडिया मुलुकको पहिलो र एक मात्र पब्लिक लिमिटेड कम्पनी हो, जसको अहिले नेप्सेमार्फत् सेयर कारोबार भइरहेको छ । 

न्यूयोर्क टाइम्सका एक करोड ८ लाख अनलाइन ग्राहक रहेका छन् । अमेरिकामै मात्र रहेका यसका ८० प्रतिशत ग्राहकले प्रति महिना २५ अमेरिकी डलरका दरले वर्षेनि ३ सय अमेरिकी डलर भुक्तानी गर्छन् । रिपब्लिका र नागरिकका ग्राहकलाई माथिका सबै सुविधासहित वर्षेनि रु. ३,५०० मा यी सामग्री उपलब्ध गराइन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार