मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : मन्त्री गुप्ता

Ujyalosandeshonline 12431+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज पारित भएको संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२, ०८३ को बजेटमा कर्मचारीका सवाल तथा घरजग्गा कर्जा बीमा कार्यक्रम सम्बन्धी सुझाव संकल कार्यक्रममा उनले संघीय निजामति ऐन ढुङ्गामा लेखिएको अक्षर नभएको भन्दै यसलाई आवश्यकता अनुसार संशोधन गर्न मिल्ने बताएका हुन् । 

उनले भने, ‘संघीय निजामति ऐन सजिलो विषय थिएन् । तर आज जसरी यो पारित भयो, त्यो ढुङ्गामा लेखिएको अक्षर होईन, आवश्यकता अनुसार यसलाई आगामी दिनमा पनि संशोधन गर्न मिल्छ र गर्छाँै । यो विधेयकले गर्दा निजामति क्षेत्रलाई सहि ठाँउमा आउने छ भन्ने हामीले सोचेका छौँ ।’यस्तै, उनले संघीय मन्त्रालय सम्हाल्दै संघीय निजामति ऐन ल्याउछु भनेर प्रतिबद्धता गरेको भन्दै आज त्यो प्रतिबद्धता पूरा भएको बताए । 

उनले भने, ‘यो मन्त्रालय सम्हाल्दै गर्दा मेरो प्रमुख काम भनेको संघीय निजामति ऐन जुन झण्डै ९ वर्षदेखि विचाराधिन अवस्थामा थियो । यसलाई मैले प्राथमिकतामा राखेर संघीय निजामति ऐन ल्याउछु भनेर प्रतिबद्धता गरेको थिए र आज त्यो साइत पनि जुरेको छ । हाम्रो मन्त्रालयका साथिहरु रातदिन खटेर यो ऐन आएको छ । यसको लागि सबैलाई धन्यवाद दिन चाहान्छु ।’ यसको साथै, उनले बजेटमा कर्मचारीको सवालमा उठेका विषय र माग अर्थमन्त्री लगायत सम्बन्धित निकायमा छलफल गरेर पूरा गराउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार