मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

बाजुराको गौमुल गाउँपालिका अम्लिसमा फोरजी सेवा सञ्चालन

Ujyalosandeshonline 11026+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर १ अन्तर्गत अम्लिस, अन्द्राडी, माडी, दुर्गाली तथा वडा नम्बर २ का विभिन्न गाउँहरूमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ । थुप डाँडामा निर्माण गरिएको नयाँ टेलिकम टावरमा आवश्यक उपकरण, सोलार प्यानल, ब्याट्री तथा विद्युत आपूर्ति प्रणाली जडान भएपछि सेवा सञ्चालनमा ल्याइएको हो । 

फोरजी सेवा सञ्चालनमा आएपश्चात् सञ्चार क्षेत्रमा ठूलो सहयोग पुगेको माडीका स्थानीय जनक बोहराले बताए । अहिले गाउँमा नियमित फोन र फोरजी सेवा सञ्चालन हुँदा स्थानीयलाई टाढाटाढा रहेका आफ्ना आफन्तजनहरुसंग कुराकानी गर्न सहज भएको बोहराले बताए ।

भौगोलिक विकटता र प्राविधिक चुनौतीका कारण सेवा विस्तारमा केही  ढिलाइ भएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताए । सेवा विस्तार ढिलाई भए पनि स्थानीयहरुलाई फोरजी सेवा सुविधा उपलब्ध गराउन सफल भैइएको उनले बताए ।

फोरजी सेवाले यहाँका नागरिकहरुको दैनिक सञ्चार क्षेत्रमा ठुलो सहयोग पुग्ने अपेक्षा लगिएको उनले बताए । पालिकाका सबै टोलमा सेवा सुविधा नपुगे पनि विस्तारको तयारी भईरहेको अध्यक्ष रोकायाको भनाइ छ । 

फोरजी सेवा सञ्चाल पश्चात् स्थानीयलाई सामाजिक सञ्जालबाट गरिने कार्यमा सहज हुने भएको हो । अनलाइनबाट गरिने कार्यको लागी अब सदरमुकाम मार्तडीमा धाउनुपर्ने बाध्यता हटेको हो । यस अघि फोरजी सेवा सञ्चालन नहुँदा स्थानीय अनलाइनबाट हुने सानो कामको लागी पनि टाढाटाढा धाउनुपर्ने बाध्यता थियो । 

अन्द्राडी लघुजलविद्युत आयोजनाबाट टावरमा विद्युत आपूर्ति गरिएको छ, जसले सेवा सञ्चालनमा ठूलो भूमिका खेलेको छ । वडा नम्बर १ का विभिन्न गाउँ बस्ती त्यस्तै दुई नम्बर वडाका कतिपय गाउँमा २४ घण्टा नियमित रूपमा फोन र फोरजी सेवा उपलब्ध हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार