मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

यातायात कार्यालय गौरबाट चार करोड बढी राजश्व संकलन

Ujyalosandeshonline 11477+ समाचार ( )
२० माघ २०८१, आइतबार

रौतहट । रौतहटको गौरमा रहेको यातायात व्यवस्था कार्यालय विभिन्न शिर्षकमा चार करोड ६६ लाख ९७ हजार ३ सय ४७ राजश्व संकलन गरेको छ । यातायात व्यवस्था कार्यालय गौरले २०८१ साल श्रावण १ गतेदेखि माघ १८ गते सम्मको राजश्व विवरण सार्वजनिक गरेको हो । 

विवरण अनुसार यातयात क्षेत्रको आम्दानी १३ लाख ६१ हजार ३ सय १८, सवारी साधन कर २ करोड ९९ लाख ५२ हजार २ सय ३३, चालक अनुमति पत्र सवारी दर्ता किताव सम्वन्धी दस्तुर १ करोड ५३ लाख ८३ हजार ७ सय १६ राजश्व संकलन भएको छ ।

यस अवधीमा अन्य प्रशासनिक सेवा शुल्क, अन्य राजश्व, बेरुजु, व्यवसायिक रजिष्टेशन दस्तुरको शिर्षकबाट राजश्व संकलन नभएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । २०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरमा स्थापना भएको हो । कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरणका लगायतका सेवा प्रदान गर्दै आएको छ ।

विशेषगरी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । गौरमा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानियहरु बताउँछन् ।यातयात व्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्र किशोर गुप्ताका अनुसार सवारी चालक अनुमति पत्रका लागि कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएको छ ।

प्राय ःसवारी चालक अनुमति पत्र नविकरण वा नयाँ बनाउनका लागि आउने सेवाग्राहीको कार्यालयमा भिड रहने गरेको उनको भनाई छ ।गौरमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि उल्लेखनियले सेवा पाउनुका साथै राजश्वमा समेत वृद्धि भएको जनाएको छ । मधेस प्रदेशका प्राय सवै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार